रौतहटमा ३ सय ८३,प्रदेश भरी ३ हजार अख्तियारमा उजुरी

जनकपुरधाम,१ भदौ÷प्रदेश दुईमा ३ हजारभन्दा बढी अख्तियार दुरूपयोगका उजुरी परेका छन् । पछिल्लो आर्थिक वर्षमा देशैभरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताकै कारण उच्च तहदेखि तल्लो तहसम्म घुस लिदै गर्दाको अवस्थामा मानिसहरू पक्राउ परेका छन् । यति मात्र नभई अख्तियारमा उजुरी दिनेहरुको चाप समेत बढेको छ । आर्थिक वर्ष २०७५—०७६ मा मात्रै प्रदेश दुईका जिल्लाहरुमा ३ हजारभन्दा बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयअन्तर्गत प्रदेश दुईका ५ वटा जिल्लाहरु पर्दछन् । बर्दिवास कार्यालय अन्तर्गत पर्ने जिल्लाहरुमा धनुषा, महोत्तरी, सिरहा, सर्लाही रौतहटमा मात्रै २ हजार ९४ वटा उजुरी परेका छन् । जसमा सबैभन्दा बढी उजुरी धनुषा जिल्लामा जम्मा ४ सय ९० उजुरी परेका छन् भने सबैभन्दा कममा उजुरी पर्नेमा सिराहा जिल्ला रहेका छन् । सिराहामा ३ सय ४७ उजुरी परेका छन् । त्यस्तै रौतहटमा ३ सय ८३, महोत्तरीमा ३ सय ७८ र सर्लाहीमा ३ सय ५० उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ । अख्तियारमा कर्मचारी पदस्थापन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकासमा भएको भ्रष्टाचार सम्बन्धी उजुरी सबैभन्दा बढी परेका छन् ।
अख्तियारको तथ्यांक अनुसार यी ५ जिल्लाहरुमा सबैभन्दा बढी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत १ हजार ३९ उजुरी परेका छन् ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित ५ सय १२, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयसंग सम्बन्धित १ सय ३४, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसंग सम्बन्धित ७४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सम्बन्धित ६६, वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धित ५५, गृह मन्त्रालयसंग सम्बन्धित ५२ उजुरी परेका छन् ।
गत आर्थिक वर्षमा अख्तियारले २ हजार ९४ उजुरीहरु मध्ये ७ सय ९२ उजुरी मात्रै फर्छयौट गर्न सकेको छ भने पछिल्लो आर्थिक वर्षकै १ हजार ३ सय २ उजुरी फर्छयौट गर्न बाँकी नै रहेको छ ।
बर्दिवास कार्यालयका निमित्त प्रमुख हरि प्रसाद घिमिरेले कार्यालयलाई छोटो समयमै प्रादेशिक कार्यालयको रुपमा रुपान्तरण गरिएकोले फर्छयौट गर्न कठिनाई भएको बताए ।उनले भने ‘हामीले यस वर्ष ३८ प्रतिशत मात्रै फर्छयौट गर्न सक्यौँ चालु आर्थिक वर्षबाट यो प्रतिशत बढ्ने छ ।’
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास आफैले पनि गत वर्ष १५ भन्दा बढी स्टिंग अपरेशन गरेको थियो । ती स्टिंग अपरेशनमा दर्जनौ व्यक्ति घुस लिदै गर्दा रंगेहात पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा अधिकांश जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles