चन्द्रपुर,१ भदौ । खोलाजन्य पदार्थको अबैध उत्खनन गरेर ल्याउ“दै गरेको अवस्थामा प्रहरीले दुई वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान डिभिजन वन कार्यालयको बाटो प्रयोग गरेर अबैध रुपमा मिक्स ग्रेभल लैंजादै गरेको ना ५ त ९२५४ नम्बरको सोनालिका ट्रेक्टर र नम्बर नखुलेको न्यु होल्याण्ड ट्रेक्टर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटुवालले जानकारी दिए । खोलाजन्य बस्तु निकाल्नमा प्रतिबन्ध रहेको अवस्थामा अबैध रुपमा चोरी निकासी हुदै आएको भन्ने गुनासो बढेपछि निगरानी बढाईएको डिएसपी कटवालले बताए । उनले नियन्त्रणमा लिईएका दुबै ट्रेक्टरलाई नियमानुसार कारवाही हुने बताए ।