रौतहटमा सेवाग्राही झुक्याउदै बैंकः२४ सै घण्टा एटिएम सुबिधा भित्ते लेखन मात्रै

चन्द्रपुर,१ भदौ । रौतहटको सदरमुकाम गौर लगायत अधिकांश स्थानमा राखिएका बैंकका एटिएम मेसिनहरु नाम मात्रका मात्र हुन पुगेका छन् । एटीएम काउन्टर अगाडि २४ सै घण्टा सेवा भनेर सूचना टा“स गरिएपनि वास्तविक रुपमा भने १२ घन्टापनि नखुल्ने गरेको पाइएको छ । व्यापारीक केन्द्रहरु गौर,गरुडा,चन्द्रनिगाहपुर र कटहरियामा रहेका बिभिन्न बैंकका शाखाका प्रमुखको लापरवाहीका कारण एटिएम सेवा २४ सै घण्टा संचालनमा आउन नसकेको सेवाग्राहीहरुले बताएका छन् ।
एटीएम सुविधा २४ सै घन्टा उपलब्ध हुने लेखिए पनि १२ घन्टाभन्दा बढी खुला नहुने गरेको चन्द्रपुर ४ का स्थानीय प्रह्लाद मैनालीले बताए । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर छेउछाउमै भएका बैंकहरुले नाम मात्रको एटिएम राखेर ग्राहक झुक्काउने गरेको मैनालीको आरोप छ ।सुरक्षाको प्रत्याभुती भएकै स्थानमा साझ ६ बझ्नासाथ एटिएम बन्द हुने गरेका कारण ५ बजेपछि आपतकालीन अवस्थामा पैसा निकाल्नुपर्दा निकाल्न नपाइने भएपछि त्यस्ता एटिएम राख्नु र नराख्नुको कुनै अर्थ नरहेको स्थानीय बासिन्दाहरुको तर्क छ ।


चन्द्रपुरको पुर्वपश्चिम राजमार्ग आसपासमा च्याउ उम्रिएसरी बंैक खुलेका छन्,छेउमै एटिएम भनेर लेखिएको पनि छ तर अधिकांश बैंकका शाखा प्रबन्धकको लापरवाही र कार्यदक्षताको कमीका कारण सेवाग्राहीले सेवा लिन नपाएको चन्द्रपुरका व्यापारी रमेश धामीले बताए ।
१२ घन्टा पनि गुणस्तरीय सेवा दिन बैंकहरुले नसेकेको अवस्थामा सयौं बैंक र त्यसका एटिएम खुलेपनि कुनै अर्थ नरहेको धामी बताउछन् ।


चन्द्रपुरमा मात्र ‘क’ बर्गका दर्जनौं बैंकहरु र एटिएम मेसिन राखिएका छन् । तर, एभरेष्ट बैंक,एनआईसी एसिया बैंक,प्रभु बैंक एसबिआई बैंक,एनसीसी बैंक,सनराईज बैंक,सिद्धार्थ बैंकका एटिएम ६ बज्नासाथ बन्द हुने गरेका छन् । कहिलेका“ही खुल्ला रहेपनि धेरैजसो बिग्रिएका हुन्छन, र आउट अफ सर्भिस लेखिएका हुन्छन् ।

२०७६ भदौ १ गतेको जनसरोकार दैनिकमा प्रकाशित समाचार।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles