चन्द्रपुर,२ भदौ ।
नेकपा रौतहटले सबै स्थानीय तहको कमिटिको अध्यक्ष र सचिब टुंगाएको छ । प्रदेश कार्यालयको बैठकले जिल्लामा गठित कार्यदलको सिफारिसको आधारमा अध्यक्ष र सचिब टुंगाएको भनिएपनि नेकपाका केही नेता तथा कार्यकर्ताले यसमा सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।
स्थानीय तहको कमिटिको अध्यक्ष र सचिब चयनमा कार्यदलले सिफारिस गरेका भन्दा फरक व्यक्ति चयन भएको नाम नछाप्ने शर्तमा नेकपाका एकजना जिल्ला कमिटि सदस्यले जनसरोकारलाई बताए । उनका अनुसार कटहरिया,चन्द्रपुर र यमुनामाईमा कार्यदलले सिफारिस गरेभन्दा फरक नाम आएको छ ।प्रदेश कमिटिको निर्णय नै नआईकन हतारमा स्थानीय तहको कमिटिको अध्यक्ष र सचिब चयन भएको उनले बताए । उनका अनुसार पुर्व माओवादीर पुर्व एमाले मिलेर बनेको नेकपामा धेरै निर्णयहरुमा नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाईरहेका छन् । यसअघि जिल्ला कमिटिको चयन गर्दा पनि पुर्व एमालेबाट जम्मा ४ जना परेको र बा“की सबै पुर्व माओवादीले पाएकोप्रति असन्तुष्टि बढीरहेको अवस्थामा हाल यो नया“ निर्णयले पार्टीका नेता तथा कार्यकर्तामा निराशा छाएको नेकपा स्रोतले जनसरोकारलाई बतायो । रौतहटमा पुर्व एमालेले भन्दा पुर्व माओवादीले दबदबा कायम गर्न सफल भएको र बाहिर देखिएजस्तो भित्रि रुपमा दुबै पार्टी एक हुन नसकेको चर्चा हुन थालेको छ ।
नेकपाको स्थानीय तहको कमिटिको अध्यक्ष र सचिबमा चन्द्रपुर नगरपालिकाको नगरकमिटिको अध्यक्षमा शिब आचार्य र सचिबमा टिका आचार्य, गौर नगरपालिकाको अध्यक्षमा मनोज सिह र सचिबमा प्रेमचन्द्र साह, राजदेबी नगरपालिकाको अध्यक्षमा बिश्वनाथ साह र सचिबमा राजेस साह रहेका छन ।
माधब नारायण नगरपालिकाको अध्यक्षमा देबनारायण भगत र सचिबमा जयमंगल प्रसाद यादब, राजपुर नगरपालिकाको अध्यक्षमा खुर्सेद खाँ, सचिबमा रामबाबु साह, ईशनाथ नगरापालिकाको अध्यक्षमा मोहन प्रसाद मेहता र सचिबमा नागेन्द्र ठाकुर, परोहा नगरपालिकाको अध्यक्षमा श्याम बालक पटेल, रामबिलास पटेल, बौधिमाई नगरपालिकाकोक अध्यक्षमा भगवान पटेल, सचिबमा देबेन्द्र पटेल, मौलापुर नगरपालिकाको अध्यक्षमा नागेन्द्र साह र सचिबमा लालबाबु साह, देबाही गोनाही नगरपालिकाको अध्यक्षमा अनिल झा र सचिबमा बिनोद पटेल, कटहरिया नगरपालिकाको अध्यक्षमा योगेन्द्र साह र सचिबमा चन्दन कुश्वाह, फतुवाबिजयपुर नगरपालिकाको अध्यक्षमा अजय तिमल्सिना र सचिबमा ऋषी ढुगाना, गुजरा नगपालिकाको अध्यक्षमा पलट चौधरी र सचिबमा युवराज ज्ञवाली, गरुडा नगरपालिकाको अध्यक्षमा श्यामनन्दन सहनी, सचिबमा रामबाबु चौधरी, गढिमाई नगरपालिकाको अध्यक्षमा रामपुकार यादब र सचिबमा उमेश साह, बृन्दाबन नगरपालिकाको अध्यक्षमा महेश बैठा र सचिबमा मजहर मन्सुरी, दुर्गाभगबती गाउपालिकाको अध्यक्षमा शम्भु सिह र सचिबमा सन्तोष झा, र यमुनामाई गाउपालिकाको अध्यक्षमा भगत नारायण यादब र सचिबमा शेष सागिर चयन भएको जनाईएको छ ।