भदौ लाग्दासम्म पनि खेतमा रोपाईं हुन सकेन

काठमाण्डौ,०३ भदौ ।
नेपालमा रोपाईं गर्ने समय मुख्य गरी असार र साउन महिना हो । तर साउन सकिएर भदौ लागिसक्दा पनि सबै खेतमा रोपाईं हुन सकेको छैन ।
सरकारी तथ्यांकका अनुसार ५ प्रतिशत खेत अझै बा“झो छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर ९४.४३ प्रतिशत धान खेतमा रोपाईं भएको छ ।
यो गत वर्ष भन्दा झण्डै १ प्रतिशत कम हो । गत आर्थिक वर्षमा ९५.३९ प्रतिशत क्षेत्रमा रोपाईं भएको थियो ।
यो वर्ष सबैभन्दा कम धान खेती हुने कर्णाली प्रदेशमा भने सबै खेतमा रोपाईं भएको छ । प्रदेश १ मा ९३.४९ प्रतिशत, प्रदेश २ मा ९३.३१, प्रदेश ३ मा ९६.९५ प्रतिशत तथा गण्डकी प्रदेशका ८८.९२ प्रतिशत रोपाईं भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै प्रदेश ५ मा ९४.३९ प्रतिशत र सुदूरपश्चिममा ९६.१६ प्रतिशत रोपाईरुं भएको केन्द्रले जनाएको छ ।
भौगोलिक अवस्था अनुसार उच्च पहाडमा रोपाईदर अघिल्लो वर्ष भन्दा बढेको छ ।
यो भेगमा गत वर्ष ९६.४४ प्रतिशत रोपाई भएको थियो । तर यस वर्ष ९७.९३ प्रतिशत रोपाई सकिएको छ । यस्तै मध्य पहाडमा गत वर्ष भन्दा ३ प्रतिशत खेतमा रोपाईं घटेको छ । गत वर्ष ९४.१६ प्रतिशत रोपाईं भएको मध्य पहाडमा यस वर्ष यो अवधिमा ९१.९५ प्रतिशत मात्रै रोपाईं भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles