नेपाल ईट्टा उद्योग महासंघको साधारण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने

चन्द्रपुर,६ भाद्र । नेपाल ईट्टा उद्योग महासंघको ११ औ साधारण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने भएको छ । रौतहट ईट्टा उद्योग संघले चन्द्रनिगाहपुरमा शुक्रबार विहान पत्रकार सम्मेलन मार्फत साधरण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने जानकारी दिएको छ । महासंघको आउदो भदौ १४ गते हुने साधारण सभाको उद्घाटन संघिय सरकारका उद्योग मन्त्री मातृका यादवले गर्ने तय भएको रौतहट ईट्टा उद्योग संघका अध्यक्ष रामविनोद यादवले बताए । साधारण सभामा देशका विभिन्न स्थानबाट ईट्टा व्यवसायीहरु आउने भएकाले व्यवस्थापनमा संघ लागेको उनले जानकारी दिए । चन्द्रपुर स्थित गौतम होटलमा हुने उक्त कार्यक्रमका सहयोग गर्न विभिन्न पक्ष संग रौतहट ईट्टा उद्योग संघले आग्रह गरेको छ । साधरण सभाको तयारीका लागी विभिन्न निकायसंग छलफल शुरु गरिएको संघका अध्यक्ष यादवले बताए । नेपाल ईट्टा उद्योग महासंघको साधरण सभा रौतहटमा हुनुले यहाँका व्यवसायीलाई गौरवान्बित बनाएको उपाध्यक्ष प्रल्हाद बन्जरालाले बताए । देशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरीएको रौतहट ईट्टा उद्योग संघका सचिव मोहन साहले जानकारी दिए । देशभर एक हजार दुई सय ईट्टा उद्योग रहेकोमा प्रदेश नं. २ मा ६ सय १२ वटा ईट्टा उद्योग छन् भने सव भन्दा बढि रौतहटमा १ सय ६१ वटा रहेको उनले बताए । रौतहटमा रहेको ईट्टा उद्योगले मात्र १ अर्व राजश्व राज्यलाइ तिर्ने गरेको महासंघका सदस्य राजेश बन्जाराले बताए । बर्षातको समयमा भने रौतहटका ईट्टा उद्योगले बर्सेनि क्षति व्यहोर्दै आउनुपरेको बन्जाराले बताए । रौतहटमा उत्पादन भएका ईट्टा काठमाण्डौ, पोखरा, बिराटनगर सहित देशका विभिन्न स्थानमा पुग्ने गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles