बंशिराम अनाथालयको भवन जीर्ण बन्दै,सहयोको पर्खाइमा

गरुडा,८ भदौ ।
रौतहटको गरुडा नगरपालीका ४ स्थित बंशिराम जैसवाल अनाथलयमा ३२ जना अनाथ वालबालिका छन । उनीहरुलाइ पुरानो र जीर्ण भवन भत्कने हो की भन्ने डरले सताइरहन्छ ।
उक्त जीर्ण भवनमा ३ बर्ष देखी २० बर्ष सम्मका ३२ जना अनाथ बालबालिका बस्दै आएका छन ।
भवन भुकम्पले गर्दा चर्केको हो । पल्टरहरु उप्किन थालेका छन । २०५२ सालमा एक सस्थाले निमार्ण गरेको सो भवनमा पिलरहरु छैनन । सोझै इटाको पर्खाल लगाएर बनाइएको भवन कमजोर रहेको अनाथलयका व्यवस्थापक हृदयलाल कुश्वाह बताउ“छन ।
दुईतले भवनको तल्लो तलामा अनाथ वालवालिकाहरुको आवास छ । माथिल्लो दुइवटा कोठामा उनीहरु पढ्दै आएका छन ।
गरुडाका स्थानिय समाजसेवी ८३ बर्षिय बंशिराम जैसवालले आफ्नो २ कठ्ठा ५ धुर जमिनमा २०५१ सालमा अनाथालय स्थापना गरेका हुन ।
अनाथलयलाइ नियमित आम्दानी होस भन्ने उदेश्यले एउटा इन्धन ढुवानी गर्ने ट्याकर खरिद गरीएको छ । त्यही ट्याकरको आम्दानी र दाताहरुको सहयोगले ३२ जना अनाथ वालबालिकाहरुको पालनपोषण तथा पढाइ खर्च चलिरहेको छ । अनाथलयमा मासिक एक लाख खर्च हुन्छ ।
सस्थापक अध्यक्ष रहेका जैसवालले भन्नु भयो ‘भवन जीर्ण छ, पछिल्ला केही बर्ष देखी त भत्कने हो की भन्ने चिन्ताले सताइरहन्छ ।’
नया भवन निमार्णमा सहयोग गरीदिन अनाथलयमा आउने जो कोही लाइ उनले आग्रह गर्दै आएका छन । स्थानिय तह , प्रदेश सरकार तथा संघिय सांसदहरुलाइ अनाथलयको भवन निर्माणका लागी आग्रह गर्दै आएको जैसवालको भनाइ छ ।
अनाथलय संचालन समितीले एककरोडको कोष स्थापनाको लागी प्रकृया अगाडी बढाएको छ । अनाथ वालवालिकाहरुलाइ पढाउन २०५७ साल देखी सामुदायीक बिद्यालय समेत संचालित छ । ५ कक्षा सम्म अनाथलयमा नै पढाइ हुन्छ । त्यस पछि उनीहरु अन्य बिधालय क्याम्पसमा पढ्न जाने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles