व्यवस्था फेरीयो फेरीएन जिल्ला कारागारको हालत

गौर,८ भदौ ।
रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला कारगार भवन जिर्ण बन्दै गएको छ । बि.स.१९८९ तात्कालिन कटरवनबाट गौरमा स्थापना गरिएको गौर कारागार भवन जिर्ण बन्दै जान थालेको भएपनि क्षमता भन्दा २ गुणा बढी कैदी बन्दी राखिएका छन् । १२० जनाको क्षमता रहेको जिल्ला कारागारमा २९४ जना कैदीबन्दीहरु राखिएका छन् । कारागार भवन बर्षौ बर्ष देखि जिर्ण छ तर कैदीबन्दीहरुको संख्या लगातार रुपमा बढ्दै जा“दा टेण्ट लगाएर राख्नु पर्ने बाध्यात्मक अवस्था रहेको गौर कारागारको प्रशासन शाखाबाट बुझिएको छ ।
हालैको बाढीका समयमा कारागारको भित्री कम्पाउण्डमा ८ देखि ९ फिट सम्म पानी जम्दा कैदीबन्दीलाई छतमा तथा महिला बन्दी कक्षमा समेत राख्नु परेको कारागारका जेलर नायव सुब्बा शम्भु यादवले बताए ।
कारागारको अधिकांश भवन एवं पर्खाल जिर्ण अवस्थामा छ, एउटा भवन भित्र नया“ निर्माण भएपनि केदीबन्दी राख्ने पुर्ण क्षतमाको नरहेका कारण रातिको समयमा उनीहरुलाई राम्ररी राख्न निकै चुनौती रहेको यादबले बताए ।
झण्डै १८७ बर्ष पुरानो भवनमा यत्रो संख्यामा कैदीबन्दीहरुलाई राख्नुपर्दा चुनौती रहेको बताउ“दे यादबले माथिल्लो निकायको आदेश अनुसार कैदीबन्दीहरु आउने जाने क्रम जारी रह“दा विभागिय आदेशको पालना जसरीनि गर्नै पर्ने बाध्यता रहेको बताए । कत्र्तव्य ज्यान, ज्यान मुद्दा, चेलीवेटी वेचविखन, मावन ओसारपसार, अपहरण तथा शरिर बन्धक, लागु औषध, सवारी ज्यान, बलात्कार लगायतका विभिन्न मुद्दामा आरोपित भई जेल सजाय भुक्तान गरिरहेकाहरु मध्ये महिला तर्फ १२ जना र पुरुष तर्फ २८४ जना कैदीबन्दीहरु रहेको उनले बताए ।
महिला तर्फ खासै समस्या नरहेको तर पुरुष तर्फ कोठाको समस्या हु“दा त्रिपाल झुण्डयार राख्नुपरेको गुनासो उनले गरे । माथिल्लो निकायलाई जानकारी भएपनि अधिराज्यभरी नै कारागारको अवस्था यस्तै रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले कारागार भवनको समस्या राष्ट्रिय समस्या भएको बताए । उनले रौतहटमा मात्र यो समस्या नभएर देशैभरीका कारागारहरुको समस्या यस्तै रहेको बताए । कारागार भवन राणाकालिन रहेको हु“दा निकै पुरानो एवं जिर्ण बन्दै गएकाले अन्यत्र कारागार बनाउने पहल भईरहेको स्पष्ट पारे । नया“ कारागारको लागि जग्गा खोज्ने कार्य भईरहेकाले त्यसपछिका आवश्यक काम कारवाही कारागार विभागबाट हुने बताउदै उनले यहा“को अवस्था वारे सम्बन्धित विभागमा जानकारी गराइसकेकाले ठोस काम चा“डै हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles