चन्द्रपुर,८ भदौ । चन्द्रपुर नगरपालिका भित्र गाडिएका विधुतीय पोलहरुमा तारको थुप्रो झुण्डिएको देख्न सकिन्छ ।विभिन्न सेवा प्रदायक संस्थाले विद्युतको पोल प्रयोग गरी टा“गेका अव्यवस्थित तार जोखिमयुक्त छन तर,पनि यसमा कसैेको ध्यान जान सकेको छैन ।
नेपाल विद्युत प्राधिकरण शाखा चन्द्रनिगाहपुरले विद्युत सेवा विस्तार गर्न गाडेका पोलहरु प्रयोग गरी विभिन्न सेवाप्रदायक संस्थाले स्थानीयलाई सञ्चार एवं मनोरञ्जन सेवा प्रदान गर्न भनी टा“गेका अव्यवस्थित तार जोखिमपूर्ण भएकाले व्यवस्थित गर्न स्थानीयले माग गरेका छन् ।
चन्द्रपुर नगरपालिका—६ स्थित झनझनटोलको चोकमा रहेको विजुलीको पोलमा झण्डै आधा दर्जन भन्दा बढी सेवाप्रदायक संस्थाले नेट, इन्टरनेट, एवं नेटवर्क टिभी केवलका तार टा“गेका छन् । पोलमै राखेका ‘इन्टरनेट सप्लाई बक्स’ र जताततै झुण्डिएका तारले विद्युत सट भई आगजनी हुने जोखिम उच्च रहेको छ । अव्यवस्थित ढंगले टा“गेका तारको कारण केही दिन अघि केवल टिभीको तारमा विद्युत सट भई स्थानीय इन्द्रबहादुर तामाङ्को घरमा रहेको टिभी जलेको थियो । सोही पोलको तार भुईंमै लत्रिएकोले रातीको समयमा पैदल, मोटरसाइकल तथा साइकल यात्री दुर्घटना पर्न सक्ने सम्भावना अधिक रहेको स्थानीय मनोज पुरीले बताउनु भयो । सम्बन्धित सेवाप्रदायक संस्था ‘सुविसु’लाई पोलमा लत्रिएको तार र त्यसबाट हुन सक्ने दुर्घटनाको बारेमा पटक÷पटक जानकारी गराउ“दा समेत वास्ता नगरेको उहा“को गुनासो छ ।