रवि लामिछानेको वयान सकियो, थुनछेक बहस सुरु

चितवन ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिइ सकेको छ । अभियुक्त रूकु कार्कीको भने अदालतले आइतबार बयान लिएको थियो ।

बयान सकिए लगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुको बहस शुरु भएको छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो । प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रशासनले चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको भएपनि रबिका समर्थकहरुले चार किल्ला बाहिर मोटरसाइकल र्याली निकालेका हुन् । उनिहरुले रवि र युवराजलाई निसर्त रिहाई गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles