मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गयो

पर्सा ९ भदौ । पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ मा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का १ व्यक्ति घाइते भएका छन् ।

जितपुरतर्फ आउदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फ गइरहेको ना २२ प १६१ नम्बरको मोटरसाइकल सवैयामा एक आपसमा ठोक्किएका हुन । दुर्घटनामा परि पर्सागढी नगरपालिका वडा नं. ३ का ३ वर्षीय बागबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

आइतबार राती भएको दुर्घटनामा घाइते भएका लामाको बीरगंज स्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । सोहि दुर्घटनामा गम्भीर घाइते भएका पर्सागढी वडा नं. ४ का २७ वर्षीय रवि साहको अहिले गण्डक अस्पताल, वीरगञ्जमा उपचार भइरहेको शर्माले बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg