गौर,९ भदौ ।
पछिल्लो केहि हप्ता देखी नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ३४७ शसस्त्र प्रहरीको पहरामा छ । शसस्त्र प्रहरीले २४ सै घण्टा पिलर आसपासको सिमा क्षेत्रमा निगरानी गर्दै आएको छ । भारतले सो पिलर नै जोखिममा पर्ने गरी बांध मर्मत गर्न लागेको छ ।
माटो, बालुवा बोरामा राखेर बांध मर्मत थालेपछि स्थानिय प्रशासनले शसस्त्र प्रहरीलाइ पिलरको निगरानीको लागी खटाएको हो । गएको असारमा आएको बाढीका कारण पिलर नम्वर ३४७ जोखिममा छ । बाढीले वरपर जमिन कटान गर्दा पिलर ढल्न लागेको छ । जोखिममा रहेको पिलर नजिकै भारतले एकतर्फिरुपमा बांध बनाइसकेको छ । पछिल्लो समय भारतले मर्मतको नाममा बांध बनाउन थालेपछि जिल्ला स्थित स्थानिय प्रशासनले पटक पटक भारतिय अधिकारीलाइ आग्रह गरेर तत्काल काम रोकेको हो ।
सिमाना नजिकै भारतले बांध मर्मतको नाममा पिलर नै जोखिममा पार्न थालेकाले भारतिय पक्षलाइ आग्रह गरी काम रोकिएको र सुरक्षाकर्मीलाइ निगरानीको लागी खटाएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । सिडिओ थापाले भने ‘ बांधको बिषयमा मन्त्रालयमा पत्राचार भएको छ, नियम बिपरीत एकबोरा माटो पनि सिमानामा राख्न पाइदैन ।’ भारतले दशगजा क्षेत्रमा बा“ध पुनः मर्मतगरी थप माटो राख्न थालेपछि इसनाथ नगरपालिकाको औरया र बन्जारहा टोलका बासिन्दा चिन्तित बन्दै आएका छन ।
बा“धका कारण गौर बजार ,राजदेवी नगरपालिकाको लक्ष्मीपुर, वेलविछवा, ब्रहम्पुरी डुवानमा पर्ने गरेको छ । बस्तिमा लालबकैया नदीको बाढी पस्ने र दशगजामा लगाएको अग्लो बांधका कारण डुवानमा पर्ने समस्याले स्थानिय बर्षौ देखी पिडित छन । भारतले २०३४ सालमा रौतहटको सदरमुकाम गौरको लालबकैया नदी देखी पूर्व बागमती नदी सम्म करिव तीन किमी र २०६५ सालमा पश्चिम तर्फ करीव दुइ किमी बांध निमार्ण गरेको थियो ।
२०६४ साल देखि लिएर २०६६ साल सम्म भारत सरकारले लाल बकैया नदीको पश्चिमी बा“धलाई जोडेर एकतर्फी रुपमा करिव तिन किलोमिटरमा बनाइएको करिव १५ फिट अग्लो बाँधका कारण प्रत्येक बर्ष इशनाथ नगरपालिकाको औरैया, वैरिया र बन्जरहा डुवानको चपेटमा परी करोडौंको क्षति वेहोर्नुपरेको निष्कर्ष जिल्ला सुरक्षा समन्वय समिति रौतहटले निकालेको छ ।
अन्तर्राष्ट्रिय सिमा कानुन अनुसार दश गज्जा क्षेत्रको ३० फिट दाया“ बा“या कुनैपनि स्थायी संरचना बनाउन नपाउने र त्यसपछि दुवै देशको सहमती लिएर मात्रै निर्माण कार्य गर्ने स्पष्ट प्रावधान भएपनि इशनाथ नपा क्षेत्रमा एकतर्फी रुपमा सिमा मिचेर बा“ध बनाइयो, त्यसलाई रेखा“कन तथा नापनक्सा गर्नका लागि गृह मन्त्रालयमा पत्राचार भएको प्रजिअ थापाले बताए ।