गरुडा,९ भदौ ।
एकबर्ष अघि खुला दिशा मुक्त घोषणा भएको नगरपालिकमा हालसम्म सार्वजनिक शौचालयनै नभएको पाईएको छ । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा हालसम्म सार्वजनिक शौचालय नहुदा यात्रु,बटुवा तथा स्थानीयले सास्ती खेप्नु परेको छ ।
मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको नगरको गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालय नहु“दा यात्रुुहरु सास्ती खेप्न बाध्य हुने गरेका छन् । बिभिन्न व्यापारिक केन्द्र, श्रीराम सुगर मिल्स, दर्जनौ बैंक तथा बित्तिय संस्था रहेको गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभावमा दैनिक सयौं मानिसलाई कठिनाई भईरहेको भएपनि नगरपालिकाले वास्ता नगरेको स्थानीयले बताएका छन् ।
मंगलवार र शनिवार गरेर साताको २ दिन हाटबजार लाग्ने गरुडामा छिमेकी जिल्ला सर्लाही लगायत सिमावर्ती भारत बाट व्यापारिक प्रयोजनको लागी मानिसहरु आउने गर्दछन् । हाट बजारको अलावा ग्रामिण भेगबाट दैनिक सैयौं यात्रु काठमाडौं, पोखरा, विराटनगर लगायतका लामो दूरीका दिवा तथा रात्रि बस चढ्न दैनिक गरुडा आउने गर्दछन् ।
किनमेलको प्रयोजनले गरुडा बजार आएका व्यापारी तथा बाहिरिया कुनै महिला पुरुषलाई अचानक दिसा, पिसाब लागेमा शौचालय नभएका कारण खुल्ला स्थान खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीय व्यापारी संजय साह बताउछन् । गरुडा आउने यात्रु पिसाब फेर्न गल्ली, कुना काप्चा र घरको भित्ता खोज्न बाध्य हुने गरेको साह बताउ“छन् । गरुडा बजार बिक्री बाट बर्षेनी लाखौं रुपैया“ र नगरपालिकाको करोडौं रुपैयाको बजेट माटो र ग्रेभलमा सिध्याउने जनप्रतिनिधीहरु जन सरोकारको बिषयमा गम्भीर नभएको स्थानियहरुले बताएका छन् । नेपाली कांग्रसका मेयर प्रत्यासी सुनिल यादवले निर्र्वािचत मेयरले नगरको बैठकमा प्रबुद्ध व्यक्तिलाई वेवास्ता गर्दै आसपासेलाई मात्र बोलाउने गरेकाले गर्नुपर्ने महत्वपुर्ण काम हुन नसकेको गुनासो गरे । गरुडा नगरपालिकाका मेयर ईन्दु राय यादले बजारक्षेत्रमा एलानी जग्गा नपाएको र एउटा पाएपनी बिवादित रहेकाले गत बर्ष निर्माण हुन नसके बताउ“दै यस आर्थिक बर्षमा सार्वजनिक शौचालय निर्माण गराउने प्रतिवद्धता जनाए ।