बारा ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाललाई घुससहित रंगेहात पक्राउ गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत लेखापाल जयसिंह थारुलाई २५ हजार घुस रकमसहित अख्तियार टोलीले पक्राउ गरेको जनाएको हो ।
कलैयास्थित होटल भान्सा घरमा उपभोक्ता समितिसँग घुस बापतको २५ हजार लिई रहेको अवस्थामा डिएसपी केशव भट्टराईको नेतृत्वमा आएको अख्तियारको टोलीले थारुलाई पक्राउ गरेको हो ।
तत्कालिन बाराको फेटा गाउँपालिकामा लेखापालमा कार्यरत रहँदा थारुले आर्थिक वर्ष २०७५ र ०७६ को योजनाको कमिशन लिन उपभोक्ता समितिसँग बार्गे्िनङ्ग गरेका थिए ।
थारु गाउँपालिकाबाट ६ दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय बारामा सरुवा भएर लेखापालको रुपमा कार्यभार सम्भालेका थिए । सोमबार दिउँसो फेटा गाउँपालिकाको आर्थिक वर्षको योजनाको कमिशनको रकम लिन भान्सा घर पुगेका थिए ।
पक्राउ परेको थारुलाई आवश्यक अनुसन्धानको लागि अख्तियारले आफ्नो नियन्त्रणमा लिई हेटौँडा लग्ने तयारी भइरहेको डिएसपी भट्टराईले जानकारी दिनुभएको छ ।