छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा लगायत फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गरेका हुन् ।

मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ । कलाकारत्रय दीपकराज, केदार र जितु केकीको सुन्दरतामा टोलाएको देख्न सकिन्छ । आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस्को ब्यानरमा बनेको फिल्मको पोष्टरमा भने प्रदर्शन मिति खुलाइएको छैन ।

दशैंमा रिलिज हुने भनिएको चलचित्रको सार्वजनिक पोस्टरमा पनि निश्चित रिलिज मिति तोकएको छैन । वुझिएअनुसार, यो चलचित्रलाई असोज १७ वा २४ गते मध्ये एउटा मितिमा रिलिज गर्ने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles