ट्राफिक प्रहरीको ध्यान कता ?

रौतहट ११ भदौ ।  रौतहटको बिरेन्द्र राजमार्ग र चन्द्रपुरको मुख्य चौक ट्राफिक प्रहरी खटिएपनि ट्राफिम नियम उल्लंघनका घट्नामा कमि आउन सकेको छैन ।

मुख्य राजमार्गमा तिब्र गतिमा हुईकिने सवारी साधनका कारण जोखिम बढ्दै गएको भएपनि ट्राफिक प्रहरी आफ्नै धुनमा मोवाईल चलाएर डिउटी समय कटाउन र गफ गरेर बस्न व्यस्त छन ।

तिब्र गतिमा आउने टिफर,ट्रक,बस र मोटरसाईकलका कारण जोखिम बढ्दै गएको भएपनि यसको नियन्त्रणतर्फ ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन ।

यता गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुने गरेको आरोप छ । चन्द्रनिगाहपुर गौर सडक खण्डमा अधिकाशले हेलमेट नलगाई र तीनजना चढेर मोटरसाइकल चलाउदा पनि ट्राफिक प्रहरी कारबाही गरेको देखिदैन ।

बजार क्षेत्र टाफिक नियम लथालिङ पारेर जरिवाना काट्न लागिपरेको भन्दै टाफिक प्रहरीको रौतहटमा चर्को आलोचना हुने गरेको छ । गरुडा, शिवनगर, सन्तपुर, डुमरीया, हर्साह, बिर्ता, शिवनगर, शुकदेव क्षेत्रमा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउछन् । ति बजारका चोक–चोकमा ट्राफिक प्रहरी ड्युटीमा बसे पनि नदेखे जस्तै गर्दै आएका छन ।

बर्षेनी सवारी दुर्घटनाका कारण एकसय भन्दा बढी को अनाहक मा ज्यान जाने गरेको छ । गौर , शुकदेव चौक, हर्षाह , डुमरीया र चन्द्रपुरमा सवारी व्यवस्थापन भन्दा पनि रसिद नकाटी पैसा लिने गरेको समेत स्थानियको रौतहटमा गुनासो छ ।

नया आएका कार्यालय प्रमुखले रौतहटको टाफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानियको माग रहेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg