वीरगञ्जका मेयरविरुद्ध राजपाको प्रदर्शन

वीरगञ्ज ११ भदौ ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार वीरगञ्ज महानगरपालिकाका मेयर र जनप्रतिनिधिविरुद्ध प्रदर्शन गरेका छन् ।

राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा बुधबार वीरगन्जमा नगर प्रमुख सरावगीको विरोधमा प्रदर्शन गरिएको हो ।

घण्टाघर छेउको लालबंगला परिसरबाट राजपाले निकालेको विरोध जुलुसले नगरका मुख्य भागको परिक्रमा गरि महानगरपालिका पुगेर सरावगीलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

नगर प्रमुख सरावगीलाई बुझाइएको ज्ञापनपत्रमा राजपाले दुई वर्षको कार्यकालमा वीरगन्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, कर्मचारीतन्त्रका बेला शुरु भएका विकास निर्माणका योजनाहरु पनि अहिले अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरि झन् धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप लगाएको छ ।

यस्तै जनताले तिरेको करबाट विकास निर्माणको काम गर्नुको सट्टा नगर प्रमुखले आफ्ना लागि करोडौं मुल्यको दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको, नगर क्षेत्रभित्र विद्यमान छाडा चौपया नियन्त्रण नगरिएको, महागनगरको सरसफाई नगरपालिका आफैले नगरि निजी कम्पनीलाइ ठेक्कामा दिएर त्यस बापत नगरवासीसँग अतिरिक्त कर असुली रहेको , दातृ निकायको ऋण अनुदान र सहयोगमा भइरहेका विकासका काममा भ्रष्टचार र कमिसनको चलखेल भइरहेको आरोप पनि राजपाले लगाएको छ । नगर प्रमुख सरावगीलाई ज्ञापन पत्र बुझाएपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा पनि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles