चन्द्रपुर,१२ भदौ ।
रौतहटका व्यवसायीहरुले पसलमा मूल्यसूची नराखी समान बिक्रि गर्दै आएका छन् । जिल्लाको मुख्य बजार गौर,गरुडा,चन्द्रनिगाहपुर र कटहरियाका व्यवसायीहरुले मुल्यसूचीनै नराखी आफुखुसी सामान बिक्रि गर्दै आएका छन् । उनीहरुलाई हालसम्म कसैले मुल्यसूची नराखेको भन्दै कारवाही नगरेका कारण यस्तो अवस्था आएको उपभोक्ताको गुनासो छ ।
गौर,गरुडा,कटहरिया र चन्द्रपुर नगरपालिका हुन । यी नगरपालिकाहरुमा सन्चालित कुनै पसलले मुल्यसूची नराखी मनलाग्दी सामान बिक्रि गरिरहेका कारण उपभोक्ता भने मारमा पर्दै आएका छन् । कुन सामानको मुल्य कति भनेर सूचीनै नराखेपछि व्यापारीले हरेक सामानमा मनलाग्दी मुल्य लिने गरेको उपभोक्ताहरुको गुनासो छ । हरेक नगरपालिकाको आफ्नै अनुगमन समिति भएको भएपनि समिति कागजमा मात्रै सिमित हुन पुगेपछि व्यापारीको मनलाग्दी बढ्दै गएको छ भने बजार अनुगमन नगर्दा हरेकपल उपभोक्त ठगि“न बाध्य छन् ।
उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरेले स्थानी सरकार र जिल्ला प्रशासन कार्यालयको उदासिनताका कारण उपभोक्ता मारमा पर्दै आएको बताए ।
उनले चाडबाड नजिकदै गएको भएपनि सम्बन्धित निकायलाई उपभोक्ताको कुनै चासो नभएको आरोप लगाए । यसरीनै उदासिन भईरहने हो भने उपभोक्त सधैं ठगिने र केही व्यापारी मोटाउ“दै जाने उनको तर्क छ ।