दशगजामा घर–पसल बनाइँदा दुई देशको सीमा छुट्ट्याउन नै समस्या

गौर १३ भदौ । रौतहटको दशगजामा घर–पसल बनाइँदा दुई देशको सीमा छुट्ट्याउन नै समस्या जस्तै देखिएको छ ।

दुवै देशका नागरिकले दशगजामा घर बनाउने, खेती गर्ने, पशु बाँध्ने, पराल थुपार्ने र पसल राखेका छन । इशनाथ नगरपालिका १ बन्जाराहास्थित दशगजाको बाँधमै भारतीयले फर्निचर पसल थापेका छन  । केही होटल पनि त्यहाँ छन ।

गौर, ईशनाथ, राजदेवी, परोहा र बौधीमाई नगरपालिका क्षेत्रभित्र पर्ने करिब ३२ मध्ये झन्डै २४ किमिसम्मको दशगजा क्षेत्रमा स्थानीयले खेती गर्ने र सामान राख्ने गरेका हुन ।

जिल्लाको पूर्वी क्षेत्र राजदेवी नगरपालिकाको ब्रहमपुरीदेखि पश्चिम आरैयासम्मको दशगजा क्षेत्रका अधिकांश स्थानमा स्थानीयले अतिक्रमण गरी उपभोग गरेका छन ।

राजदेवी र इशनाथ नगरपालिका सित सिमाना जोडिएको क्षेत्रमा भारतीयल्ऽे दशगजाको बीचमा गाडिएको पिल्ररसम्म अतिक्रमण गरी खेती गरिरहेका छन । राजदेवी सिमानामा रहेको ३४३ नम्बर मुख्य पिल्ररदेखि पूर्वको जमिन भारतीयले अतिक्रमण गरी खेती गरिरहेका छन ।

यता नेपालीले समेत दशगजा क्षेत्रमा साना झुपडी बनाई केही स्थानमा मदिरा पसल्ऽ सञ्चाल्ऽन गरिरहेका छन । रौतहट जिल्ला अन्तर्गत ३२ किमि खुल्ला सीमामा मुख्य १५, सहायक २९ र साना १ सय १५ गरी १६२ पिलरहरु छन ।

सानो र मुख्य गरी १७ वटा पिलर हराइसकेको प्रशासन कार्यालयले जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg