विप्लब समूहको नाममा धम्की दिँदै रकम असुली गर्ने तीन पक्राउ

काठमाडौं १५ भदौ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला, बिश्वराज शर्मा र शुभम घिमिरे छन् ।

सो समूहले सरकारी कार्यालय प्रमुखहरुलाई बम पड्काएर जिउज्यान लिनेसम्मको धम्की दिने गरेको प्रहरीले जनाएको छ । साभार सेटोपाटी