क्यान रौतहटको अध्यक्षमा कार्की

रौतहट/ कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ रौतहटको ९ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले आगामि दुई वर्षका लागि नयाँ कार्यसमिति सवैसहमतिबाट चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बाल बिक्रम कार्की रहनु भएको छ । त्यसैगरी उपाध्यक्षमा प्रतिक कार्की, सचिवमा विशाल पोखरेल, कोषाध्यक्षमा शम्भु राना, सदस्यमा नारायण रेग्मी, दिवस लामिछाने, कन्चन पटेल र अजय गुरो चयन हुनुभएको निर्वाचन अधिकृत विपिन गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी संस्थागततर्फबाट सदस्यमा प्रिमेस सिवाकोटी चयन हुनुभएको गौतमले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष कार्कीले सबैसँगको सहकार्यमा क्यान रौतहटलाई अगाडि बढाउन आफुले काम गर्ने भन्दै क्यान रौतहटलाई अझ विस्तार र सुदृढ बनाउन आफु लागिपर्ने बताउनुभयो । उहाँले डिजिटल रौतहट बनाउन क्यानले अग्रणी भूमिका खेल्ने बताउँदै प्रविधि र विकास सँगसगै लैजानु पर्नेमा जोडदिनुभयो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन संयोजक गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । यसअघि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र समापन भएको थियो । प्रमुख अतिथि चौधरीले पानसमा बती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै नगर प्रमुख चौधरीले चन्द्रपुर नगरपालिकालाई डिजिटल नगरपालिका बनाउन नगरपालिका क्यान रौतहटसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनु हुँदै प्रविधिमैत्री नगरपालिका बनाउने कार्यको सुरुवात नगरपालिकाले गरिसकेकाले अबका केही वर्षभित्र चन्द्रपुर नगरपालिका पूर्ण रुपमा डिजिटल नगरपालिका बन्ने दावी गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथि क्यान महासंघ प्रदेश नम्बर २ का अध्यक्ष बालकृष्ण श्रेष्ठले डिजिटल नेपाल बनाउने नेपाल सरकारको अभियानमा क्यानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अर्का विशिष्ठ अतिथि प्याव्सन प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष दिपक रेग्मीले क्यानसँग सहकार्य गर्न प्याव्सन सदैव तयार रहेको बताउनुभयो । कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य भूपाल श्रेष्ठ, क्यान प्रदेश नम्बर २ का प्रदेश सदस्य धनबहादुर लामिछाने , दिपेन्द्र राज सिंह, क्यान पर्साका निवर्तमान अध्यक्ष आलोक चौरसिया, क्यान सलार्हीका अध्यक्ष नरेश दास लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम क्यान महासंघ रौतहटका निवर्तमान अध्यक्ष जितेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम कार्यसमितिका कोषाध्यक्ष प्रतिक कार्कीले लेखा प्रतिवेदन तथा सचिव विशाल पोखरेल वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles