गाँउनै भाईरल ज्वरोको शिकार

रौतहट २३ भदौ । रौतहटको गुजरा नगरपालिका ६ जुगौलिया क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले स्थनीयला सताएको छ ।

जुगौलिया गाँउमा करिब २० घरका एक सय सदस्यमा भाईरल ज्वरोको संक्रमण देखा परेको छ । बच्चा देखी बृद्धबृद्धाहरु सबै ज्वरोको औषधी सेवन गर्दै आएका भएपनि उनिहरुलाई ठिक हुन सकेको छैन ।

औषधी सेवन गर्दा समेत निको नभएपछि उनिहरुमा समेत डेंगुको संक्रमण भएको हुनसक्ने आशंका छ । ज्वरो निको नभएपछि विपन्न सो गा“उका बासिन्दा त्रसित बनेको स्थानीय सुरज माझीले बताए । उनिहरु सबै विपन्न परिवारका भएका कारण औषधी गर्न समस्या भईरहेको माझीले बताए ।

जिल्लाका अन्य स्थानमा समेत भाईरल ज्वरोका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । दैनिक जसो धेरै बिरामी भाईरल ज्यरोकोनै आउने गरेको चन्द्रपुर अस्पताल प्रालीका डा.सुवाष चौधरीले बताए । उनले भाईरल ज्वरो आएको बेला प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, उमालेको पानी मात्र प्रयोग गर्ने, दोहोरो हावा आउने शान्तपूर्वक ठाउ“मा बस्ने, भीडभाडमा नजाने, हात नमिलाउने, अंकलमाल नगर्ने र कुनै स्वास्थ्य समस्या भएमा नजीकको स्वास्थ्य संस्थामा उपचार तथा सल्लाह लिन जाने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने बताए ।

रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिंगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्ने जस्ता भाइरल ज्वरोको लक्षण हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles