‘रंगपुर साझेदारी’वन जोगाउन सक्रिय

रौतहट,२४ भदौ ।
रौतहटमा कुल २९ हजार ७ सय हेक्टर बन क्षेत्र रहेको छ । वन व्यवस्थापनका लागी ३ वटा साझेदारी वन र ४३ वटा सामुदायीक वन रहेका छन् । साझेदारी वनले ११ हजार तीन सय ७५.२८ हेक्टर र सामुदायिक वनले ६ हजार ९ सय ५७ हेक्टर जमिन ओगटेको यस जिल्लामा बा“की सरकारद्वारा संरक्षित वन क्षेत्रको रूपमा रहेको डिभिजन वन कार्यालको तथ्यांंकमा छ ।
यस जिल्लामा सरकारद्वारा संरक्षित वन ब्यवस्थापन अन्तर्गत राष्ट्रिय वन, साझेदारी वन र सागरनाथ वन विकास परियोजना पर्दछन् भने समुदायद्वारा ब्यवस्थित वन ब्यवस्थापन अन्तर्गत सामुदायिक वन ब्यवस्थापन प्रणाली लागु हु“दै आएको छ । वन संरक्षण र व्यवस्थापनमा साझेदारी र सामुदायीक वनले राम्रो काम गरिरहेको डिभिजन वन कार्यालय रौतहट प्रमुख बिनोद सिंहले बताए ।
वन संरक्षण र व्यवस्थापनमा सबैले आआफ्नो भुमिका राम्रो ढंगगले निभाईरहेको भएपनि अहिले रंगपुर साझेदारी वनको काम प्रति आफु विश्वस्त भएको सिंहले बताए ।
२०७५ पुस महिनादेखी अध्यक्षको कार्यभार सम्हालेका रंगपुर साझेदारी वनका अध्यक्ष जितेन्द्र चौधरीको चौतर्फी प्रशंसा भईरहेको छ । कार्यभार सम्हालेदेखी नै वन संरक्षण,व्यवस्थापन र तस्करी नियन्त्रणमा वन पदाधीकारीहरुसंगै अहोरात्र खटिएका अध्यक्ष चौधरीका कारण जंगलमा चोरी तस्करीमा कमी आएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समितिका पदाधिकारीहरुले दिन रात नभनी गस्ति गरेका कारण वनमा गत बर्षहरुको तुलनामा चोरी तस्करीमा कमी आएको समितिका अध्यक्ष जितेन्द्र चौधरीले बताए ।
पहिलाको तुलनामा साझेदारी वन क्षेत्रको एरियाबाट चोरी निकाशी सुन्य जस्तै भएको चौधरीको भनाइ रहेको छ ।वनमा पछिल्लो समय जंगली जनावरको चोरी शिकारीमा समेत कमी आएको चौधरीले बताए । आफुहरुको अथक प्रयासबाट वनमा चोरी निकाशीमा कमी आएको समितिका अध्यक्ष चौधरीले दावी गरेका छन् । उनले सुरुवातमा वन क्षेत्र प्रवेश गर्ने बाटोमा ट्रेन्च(खाडल) खन्ने काम गरेर तस्करी नियन्त्रणको प्रयास गरेका हुन ।
त्यसपछि वन संरक्षणका लागी ८५ हेक्टरमा घेराबेरा र अतिक्रमित स्थानमा बृक्षारोपण गरिएको उनले जानकारी दिए । १० जना हेरालु र ३ जना अन्य कर्मचारी गरेर १३ जना कर्मचारीले दिनरात वनमा गस्ती गर्ने र वृक्षारोपणको संरक्षण गर्ने कार्यमा लागीरहेको उनले बताए ।
०७५ पुस यता रंगपुर साझेदारीले दाउरा र काम बिक्रिबाट ११ लाख भन्दा बढी राजश्व उठाएको छ । अहिले अतिक्रमित क्षेत्र खाली गराएर प्रदेश हरित योजना अन्तर्गत १० हेक्टरमा बृक्षारोपण भईरहेको अध्यक्ष चौधरीले बताए । केही बर्ष अघि सम्म रंगपुर साझेदारी वनको क्षेत्रबाट काठ चोरी तस्करी हुने तथा वन अतिक्रमण हुने गरेकोमा पछिल्लो समय आएर समितिले राम्रो काम गरेका कारण तस्करी र अतिक्रमण घटेपछि डिभिजन वन प्रमुख सिंहले अध्यक्ष चौधरीको खुलेरै प्रशंसा गर्ने गरेका छन् ।
जिल्लाको पूर्वपश्चिम राजमार्गदेखि दक्षिण भेगतर्फका जंगलसैया, बृन्दावन बलेरी, रंगपुर लगायतका ईलाका साझेदारी वन क्षेत्र अन्तर्गत पर्दछन् भने राजमार्गदेखि उत्तर चुरे आसपासका क्षेत्रमा अधिकांश सामुदायिक वन क्षेत्रका रूपमा रहेका छन् ।