चन्द्रपुर,२३ भदौ ।
हराएको आफ्नो छोरा फेला परेको भएपनि प्रहरी र जिल्ला प्रशासन कार्यालयले आफुलाई छोरा दिन नमानेको अभिभावकले गुनासो गरेका छन् ।
सोमबार चन्द्रनिगाहपुरमा पक्रकार सम्मेलन गरेर उनिहरुले आफुहरुलाई प्रहरी र प्रशासन कार्यालयले पीडा दिएको बताए । रौहतटको चन्द्रपुर नगरपालिका १० घारी टोलका चन्देश्वर बैठा र अन्जिला देबीका साढे ६ बर्षका छोरा अभिनाश बैठा २०७५ साल जेठ ३१ गते घर अगाडीको पसलबाट हराएका थिए । बालक हराउनासाथ परिवारले ईलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएको थियो ।
एक महिना अघि कटहरीयाका राजकिशोर महतोले बालक फेला पारेर पालनपोषण गरिरहेको थाहा पाएपछि आफुहरु बालक फिर्ता लिन गएको र पालनपोषण गरिरहेका महतोले प्रमाण पु¥याएर बालक लैजान भनेपछि उनिहरु फिर्ता आएका थिए । पछि बालकका अभिभावकले बच्चा आफ्नोनै भएको दाबी गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए । उजुरी दिएको १५ दिन बितिसक्दा पनि बालकलाई बिभिन्न बहाना बनाएर गरुडा स्थित महिला सेलमा राखिएको बालकका ठुलोबुबा संजय बैठाले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । बालकको जन्मदर्ता,विद्यालय भर्नाको कागजात बुझउँदा समेत जिल्ला प्रशासन कार्यालयले डिएनए परिक्षण गराएर बालक लैजान भनेपछि बादकका परिवार थप पिडामा परेको छिमेकी तथा नेकपाका युवा नेता मुकेश गुप्ताले बताए ।
उनीहरु गरीब परिबारका भएकाले बालक नदिइएको र डिएनए परिक्षणका नाममा दुख दिन खोजिएको गुप्ताले पक्रकार सम्मेलनका क्रममा बताए ।
बालकका बाबु चन्देश्वर बैठाले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी किरण थापाकै सामुन्ने आफुलाई पहिचान गरेको भएपनि बालक आफुहरुलाई नदिएर अन्याय गरेको बताए ।