चन्द्रनिगाहपुरमा थपियो अमन होटल

चन्द्रपुर,२३ भदौ ।
रौतहटको चन्द्रनिगाहपुरमा पछिल्लो समय अत्याधुनिक होटल खुल्ने क्रम बढदै गएको छ । आवासीय सुबिधा सहित एसी र नन एसी कोठा भएका होटलहरुको संख्या दर्जनौ रहेको चन्द्रनिगाहपुरमा सोमबार सुबिधा सम्पन्न नया“ होटल अमनको उद्धाटन भएको छ । अमन होटलका ब्यबस्थापक मोहम्मदन शैफुल्लाका अनुसार हाल ९ वडा कोठामा एसी छन भने क्रमश अन्य कोठा पनि एसी जडान हुने छ । करिब ४ करोड भन्दा बढीको लगानीमा होटल संचालनमा ल्याईएको शैफुल्लाले जानकारी दिए । समयको माग अनुसार होटलमा लगानी रहेको र ग्राहकहरु लाई सन्तुष्टि दिने आफनो प्रमुख उदेश्य रहेको शैफुल्लाको भनाई । उक्त होटल मदिरा रहितको रेष्टुरेन्ट संचालन रहने छ । अमन होटल रौतहट होटल व्यवसायी संघका अध्यक्ष देबेन्द्र अर्यालले रिबन काटेर उद्धाटन गरेका थिए । होटलको उद्धाटन गर्दै अध्यक्ष अर्यालले ग्राहक लाई सेबा दिने उदेश्य सहित होटल खुल्नुले चन्द्रनिगाहपुर सहित जिल्लामै खुसीको कुरा भएको बताए । उनले ब्यबसाय गर्न पाउने संबिधान प्रद्धत अधिकार सबैमा रहेको बताउ“दै नाफामुखी भन्दा पनि ग्राहकको सन्तुष्टिमा र सुरक्षामा होटल व्यवसायीले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles