सन्नीको स्वागतका लागि भव्य तयारी

काठमाण्डौ–बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक अभिनय गरेको नेपाली फिल्म पासवर्ड यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउदैछ । उनी आबद्ध भएकै कारण यो फिल्म चर्चामा छ । उनले यस फिल्मको एक आइटम गीतमा बोल्ड ठुम्का लगाएकी छन् । यो फिल्मको प्रिमियरमा सहभागी हुन उनी केही दिनमा नेपाल ओर्लिदैछिन् । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।
सामान्य प्रचार गरिएको पासवर्ड मा अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ । फिल्मको केही सिनमा सन्नीले पनि अभिनय गरेको निर्माण टिमको भनाई छ । नेपालबाट चोरिएर लण्डन पुर्रुयाइएको मन्दिरको मुर्ति नेपाल फिर्ता गर्न प्रमुख पात्रले गर्ने संघर्षमा फिल्म घुमेको छ ।
लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका अभिनेता तथा निर्माता विक्रम जोशीले एक्सन, थ्रीलर र सस्पेन्स जनरामा पासवर्ड ले भरपूर मनोरञ्जन दिने दाबी गरेका छन् । यूकेबाट सञ्चारमाध्यमस“ग कुराकानी गर्दै उनले फिल्ममा आफूलाई धनि पिताको एक व्यापारी छोराको भूमिकामा देख्न सक्ने बताए ।
देशभक्ति युवकको बलियो भूमिकामा आफूलाई उतारेको उनको भनाई छ । (सन्नी) जोडिदा पासवर्ड को पब्लिसिटी हुन्छ भने त्यो हाम्रो लागि राम्रो हो ।
हाम्रो मुख्य उद्येश्य अन्तर्रा्ष्ट्रिय रुपमा नेपाली फिल्मको पहुच पुर्रुयाउनु निमार्ता जोसीले बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg