१४ वर्षीय अनुज ५ दिन देखि बेपत्ता

सर्लाही,२४ भदौ ।
सर्लाहीको ईश्वरनाथ नगरपालिका वडा नं. ४ सागरनाथ गाउ बाट एक जना बालक हराएको छ ।
बिगत ५ दिन देखि हराएको बालक नभेटिएको अभिभाबकले गुनासो गरेका छन् ।
हराएकै दिन प्रहरी चौकि सर्लाहीमा उजुरी दिदा समेत बालक पत्ता नलागेको अभिभाबकले बताएका छन् ।आफ्नै घरबाट एक्कासी हराएको अनुज गौतमको खोज तलास जारी गरेको ईलाका प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।
कालो वर्णको धेरै बोल्ने नाके बोली, अग्लो उचाइ भएको १४ वर्षीय अनुज गौतमलाई फेला पारी नजिकको प्रहरी चौकि वा ९८१९६०५९९२, ९८१९८३०८४९ र ९८४१०५५८४८ सम्पर्क गर्नु गरेर सहयोग गर्न अभिभावकले अनुरोध गरेका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg