मुम्बई–बलिउड नायक अक्षय कुमारले आउदो बर्षका लागि महत्वपूर्ण बिदाहरु बुक गरेका छन् । सन् २०२० मा उनले अभिनय गरेका केही चलचित्र भारतमा हुने महत्वपूर्ण बिदामा रिलिज हुदैछ । इद, क्रिसमसलाई समेत बुक गरिसकेका अक्षयले अब तिहारमा पनि नया“ चलचित्र रिलिज गर्ने भएका छन् ।
आउदो बर्षको तिहारमा अक्षय अभिनित चलचित्र पृथ्वीराज चौहान रिलिज हुने पक्का भएको छ । यशराज फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । अक्षयको जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
अक्षयले यशराजको चलचित्रमा १२ बर्षपछि काम गर्न लागेका हुन् । उनले सन् २००८ मा यशराजको फिल्म टसनमा काम गरेका थिए ।
योस“गै आउदो बर्षको तिहारमा अक्षयस“गै नायिका कंगना रनावतको भिडन्त हुने भएको छ । कंगनाले अभिनय गरेको चलचित्र धाकड पनि तिहारमा नै रिलिज हुदैछ । यो चलचित्रको टिजर केही हप्ता अगाडि मात्र सार्वजनिक भएको थियो ।