चन्द्रपुर,२४ भदौ ।
डेंगु रोग चन्द्रपुर नगरपालिकामा समेत देखापरेपछि त्यसको नियन्त्रण यथासिघ्र हुनुपर्ने आवाज उड्न थालेको छ । सोमबार युबाहरुको समुहले चन्द्रपुर नगरपालिकाको कार्यलयमै पुगेर डेंगु नियन्त्रणको प्रयास नगरपालिकाले चाडो भन्दा चा“डो गर्नुपर्ने माग राखेका हुन ।
युवा नेता एबम् समाजसेवी राजु धामीको नेतृत्वमा गएको युवाहरुको टोलीले चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरी र स्वास्थ्य संयोजक अभय ठाकुर समक्ष डेगुरोग लाग्न नदिन नियन्त्रणको उपाय खोज्न नगरपालिकाका उपप्रमुख चौधरी र स्वास्थ्य संयोजक ठाकुर समक्ष माग राखेका हुन ।
उनीहरुले लामखुट्टे मार्न दबाई छिट्नु पर्ने माग राखेका छन ।