राजपुरमा झडप,दर्जनौ राउण्ड हवाई फायर

प्रतिनिधि तस्बिर :गुगल

राजपुर। रौतहटको राजपुर नगरपालिका ८ कुडिया गाउमा झडप भएको छ । स्थानिय बिच झडप हुदा स्थिती नियन्त्रणमा लिन प्रहरीले २९ राउण्ड हवाई फायर गरेको छ । मुस्लिम समुदायको पर्वको रुपमा रहेको मोहर्रम मनाउने क्रममा केहीले छठ घाटमा झण्डा गाड्न लाग्दा दुई पक्षबीच झडप भएको स्थानीय बासिन्दाले बताएका छन् । झडपको क्रममा १० जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । एसपि भुपेन्द्र खत्रीले दुबै पक्षबिच झडप हुन थाले पछि स्थिति नियन्त्रणमा लिने क्रममा ८ सेल अश्रुग्यास सटगन ९ र एसएलआरबाट १२ राउण्ड गोली हवाई फायर गरिएको बताए ।