रौतहट २७ भदौ । रौतहट जिल्लाको राजपुर नगरपालिका ६ कुडियाबजार क्षेत्र बिहिबार पनि तनबाग्रस्त बन्न पुग्यो ।
बुधबारमात्रै दुई पक्षबिच झडप हुंदा प्रहरीले २९ राउण्ड हवाई र अश्रुग्या“स फायर गरेर स्थिती नियन्त्रणमा लिएको थियो । दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेर साम्य बनाएको माहोल बिहिबार अपराह्न पुन बिग्रदा सो क्षेत्र तनावग्रस्त बन्न पुगेको हो ।
स्थानीयबिचको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन बिहिबार दिउ“सो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास प्रहार गरिएकोे प्रहरीले जानकारी दिएको छ ।
कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लियो र झडपका क्रममा प्रहरीको गाडीमा समेत ढुंगामुढा भयो । समाचार तयार पार्दा सम्म झडपका कारण कुडियाबजार क्षेत्र तनावग्रस्त रहेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीको नेतृत्वमा सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बुधबार सा“झ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद सुरु भएको थियो । श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भएको हो ।
विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार विहान मुस्लिम अगुवाहरु संग छलफल गरेको थियो । अगुवासंगको छलफलपछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएपछि झण्डा हटाएको विरोधमा बिहीबार दिउ“सो प्रदर्शन भयो र प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख भुपेन्द्र बहादुर खत्रीले जानकारी दिए ।