कामना सेवा बैंकद्धारा खातावालालाई उपचार खर्च प्रदान

चन्द्रपुर २७ भदौ । कामना सेवा बिकास बैक चन्द्रपुरले उक्त बैकमा खाता खोलेका एक ग्राहकलाइ उपचार खर्च हस्तान्तरण गरेको छ ।

रौतहटको चन्द्रपुरमा रहेको कामना सेवा बिकास बैकले एक हजार रुपैया“मा स्वर्णिम सुरक्षित बचत खाता अन्र्तगत बिरामी भइ उपचार गराएका ग्राहकलाइ खर्च बापतको रकम उपलव्ध गराएको हो । बैकमा एक हजारमा खाता खोलेका नारायण बहादुर थापालाइ बिरामी भएपछि उपचार गरेको बिल अनुसार ५ हजार १६ रुपैया“ खर्च बिहिवार हस्तान्तरण गरीएको हो ।

एक हजार रुपैया“मा सो बैकमा खाता खोल्न सकिन्छ । एक हजारमा खाता खेलेपछि एक बर्षमा एक लाख सम्मको उपचार खर्च बैकले स्वास्थ्य बिमा शिर्षक मार्फत प्रदान गर्दछ ।

बैकमा स्वर्णिम सुरक्षित बचत खाता एक हजार रुपैयामा खोलेमा एक बर्षमा एक लाख सम्म उपचार खर्च दिने र खातावालाको मृत्यू भएमा ७ लाख सम्म बिमा रकम उपलव्ध गराउनले कामना सेवा बिकास बैक चन्द्रपुरका प्रवन्धक संजोग खड्काले जानकारी दिनु भयो ।

चन्द्रनिगाहपुरमा रहेको कामना सेवा बिकास बैकमा ६० बर्ष नकटेका खातावालहरुले उक्त खाता खोलेर सेवा लिन सक्ने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles