शुक्रबार बागमती सिचाईं ब्यारेजमा महिलाको शव फेला

चन्द्रपुर २८ भदौ । दुई दिनअघि बागमती बजार आएकी मकवानपुरकी एक महिलाको शव शुक्रबार बागमती नदीको सिचाईं ब्यारेजमा फेला परेको छ ।

राईगाउँ गाउँपालिका–२ निवास बुद्धवीर पहरीकी श्रीमती ४५ वर्षिया सानुमाया पहरीको शव दिउँसो फेला परेको हो ।

गत बुधबार बागमती बजारतर्फ आउने क्रममा बाटोमा पर्ने स्थानीय विरुवा खोला तर्ने क्रममा सानुमाया वेपत्ता भएकी भएको बताइएको छ ।

सर्लाही र रौतहटको सिमा स्थित बागमती सिचाइँ आयोजनाको ब्यारेजमा उहाको शव फेला परेको हो । शुक्रबार नै परिवारजनले मृतकको शव बुझेर लागेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवाष भट्टराइले जानकारी दिनुभएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg