टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

राजविराज २८ भदौ । सप्तरीमा शुक्रबार भएको टिपर दुर्घटनामा परेर एक साइकल यात्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले दिएको जानकारी अनुसार सप्तकोशीको फत्तेपुरबाट कञ्चनरुपतर्फ आउँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरको ठक्करले साइकल यात्री राजबिराज नगरपालिका १० दिघवाका २० वर्षीय मनोज रामको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सप्तकोशी नगरपालिकाको फत्तेपुरबाट कञ्चनरुपतर्फ आउँदै गरेको टिपरले पछाडिबाट साइकल यात्रीलाई ठक्कर दिएको थियो । कञ्चनरुप नगरपालिका ७ आदर्श टोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा भएको दुर्घटनामा रामको दुबै खुट्टा भाँचिएको थियो ।

घाइते रामको उपचारका क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको डिएसपी मकेन्द्रकुमार मिश्रले बताए । ठक्कर दिने टिपर र चालकलाई ईलाका प्रहरी कार्यालय कञ्चनरुपले नियन्त्रणमा लिएको छ । साभार अन्नपुर्ण

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg