श्रृजना जि.सी. खरेल
(डेंगुको लक्षण र बच्ने तरिका)
अचम्म लाग्छ, लामखुट्टेले अहिलेसम्म ५४ अर्ब मानिसलाई मारिसकेछ । दुई लाख बर्षभन्दा बढीको इतिहासको हिसाब–किताब हो यो । न्युयोर्क टाइम्समा प्रकाशित एक आलेखमा यस्तै तथ्य उल्लेख छ ।
हिजोका दिनमा लामखुट्टे हाम्रो निम्ति ठूलो स्वास्थ्य चुनौती थियो । आज पनि त्यो यथावत छ । हामी लामुखुट्टेको आतंकबाट अझै सुरक्षित छैनौं । नभए त अहिले डेंगुले यति भयानक आतंक मच्याउने नै थिएन ।
डेंगु एक संक्रमित रोग हो जो लामखुट्टेको टोकाइबाट सर्छ । अन्य बेला पनि हामीलाई लामखुट्टेले त त टोकिरहेकै हुन्छ । सामान्यत लामखुट्टेले टोक्दा एकछिन चिलाउने मात्र हो, त्यस्तो असर पुर्रुयाउदैन । तर, केही प्रजातिका लामखुट्टे भने घातक हुन्छ । त्यस्ता लामखुट्टेको टोकाइले अस्पतालमै पुर्रुयाइदिन्छ । कतिपयले त लामखुट्टेको टोकाइबाट ज्यान गुमाउछन् । यस्तै घातक हुन्छ डेंगु संक्रमित लामखुट्टे पनि ।
डेंगु खासगरी एडिज प्रजातिका लामखुट्टेबाट सर्ने भय हुन्छ । डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी तरिका भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । अतः यसअघि उक्त लामखुट्टेबारे केही जान्न आवश्यक छ ।
यो लामखुट्टेले राती भन्दा पनि दिनको उज्यालोमा टोक्ने गर्छ । जबकी धेरैजसो अवस्थामा लामखुट्टेले टोक्ने भनेको रातको समयमा हो । त्यसैले हामी लामखुट्टेबाट बच्न धुप बाल्ने, झुल लगाउने गर्छौं । यद्यपि एडिज प्रजातिको लामखुट्टे भने दिउसो सक्रिय हुन्छ । लामखुट्टेको आवाज सानो हुन्छ, झट्ट हेर्दा सजिलै देखिदैन । रगत चुसेर गएपनि यसलाई मार्दा रगत देखिदैन ।बरु टोकेको ठाउमा चिलाउन थाल्छ ।त्यहा बिबिरा देखापर्छ । एडिज प्रजातिको यही लामखुट्टे हो, जसले डेंगुको भाइरस सार्छ । यसपाली एडिज प्रजातिको लामखुट्टेले सर्वत्र आतंक मच्याएको छ । काठमाडौं र चितवनमा यसको बढी नै असर देखिएको छ ।
साउन १ देखि भदौ २४ गतेसम्मको तथ्यांकले देखाउछ, लामखुट्टेको टोकाइबाट ६ जनाले ज्यान गुमाइसके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभरमा ५ हजार बढी डेंगुका संक्रमित छन् ।
डेंगु नियन्त्रणका लागि अहिले विभिन्न पहल पनि भइरहेको छ । यद्यपि डेंगुबाट हामी अझैपनि सुरक्षित भइसकेका छैनौं ।त्यसैले डेंगुबारे केही सर्तकता अपनाउनुपर्ने अवस्था छ । यदि डेंगुको संक्रमण भइहालेमा त्यसको संकेत कसरी पाउने ? संभावित जटिलताबाट कसरी बच्ने ?
लामखुट्टेको टोकाइबाट बच्नका लागि
लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि लामखुट्टेको नियन्त्रण आवश्यक छ ।
–पुरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।
– लामखुट्टेको टोकाइबाट बच्ने महल्म पनि पाइन्छ, त्यस किसिमको महल्म पनि प्रयोग गर्न सकिन्छ ।
–झ्याल र ढोकामा जाली लगाउनुपर्छ ।
–राती झुलभित्र सुत्नु बढी सुरक्षित हुन्छ ।
लामखुट्टे फैलन नदिनका लागि
लामखुट्टे फैलने ठाउहरु जस्तै जमेको पानी, फोहोर आदि राख्नुहुदैन । घर आसपासमा पानी जम्ने खाल्डो छ भने पुर्नुपर्छ । पानी जम्न दिनु हुँदैन । पानीको ट्यांकी, दहीको कतारो, बाल्टिन, ड्रम आदिमा बिक्रो लगाउनुपर्छ ।
त्यती मात्र होइन, चिया पिउने कप, बोत्तल आदिमा थोरै पानी जमेको छ भने त्यहा“ पनि अन्डा पार्ने भएकाले त्यसलाई उचित तरिकाले राख्नुपर्छ, ताकि त्यहाँ पानी जम्न नपायोस् ।
घरआँगन सफा राख्ने । पानी जम्ने खाल्डा पुर्ने ।
बरण्डा, छत आदिमा पनि पानी जम्ने गर्छ । कतिपय भा“डावर्तन बाहिर राखिने र त्यहाँ पनि पानी जम्ने भएकाले ति सबैमा पानी जम्न दिन हुदैन ।
डेंगुको संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा अन्डा पार्नेगर्छ । त्यसैले सफा पानी पनि एउटै भाँडोमा खुला नराख्ने, लामो समय नराख्ने ।
फूलको गमला लगायतमा समेत पानी जम्न नदिने । वाथरुम, कमोड बराबर फ्लश गर्ने । कुनैपनि स्थानमा खानेपानीको पाइप चुहिने र पानी जम्ने भइरहेको छ भने त्यसको मर्मत गर्ने ।
डेंगु लागेको कसरी थाहा पाउने ?
असावधानीवस् लामखुट्टेले टोकेर डेंगु सरेमा के गर्ने ? सर्तकता अपनाउँदा अपनाउदै पनि लामुखट्टेले टोेकेमा के गर्ने ? खासमा त यसको लक्षण हेरेर त्यही अनुसार उपचार अपनाउनुपर्छ । यसर्थ डेंगुको लक्षण के हो ? बुझ्न जरुरी छ ।
डेंगु संक्रिमत लामखुट्टेले टोकेको छ भने त्यसको सबैभन्दा पहिलो लक्षण हो, ज्वरो । अचानक ३ देखि ५ दिनसम्म ज्वरो आउछ । यो निकै उच्च ज्वरो हुन्छ । ज्वरो पाँचदेखि सातदिनसम्म रहन सक्छ ।
–टाउको दुख्छ ।
–आ“खाको गेडी दुख्छ ।
–शरीरमा डाबर आउछ ।
–खाना खान मन लाग्दैन ।
–पेट तथा आन्द्रामा गडबडी हुन्छ ।
कतिपय अवस्थामा चाहि सुरुमै शरीरभरी खटिरा देखापर्छ । त्यस्तै शरीरमा डन्डिफोर जस्तै डाबर देखापर्छ । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुन्छ । गोरो वर्णको मान्छेमा डाबर देखिएपनि कालो वर्णको मान्छेमा त्यस्तो नदेखिन सक्छ ।
अब के गर्ने त ?
डेंगु ज्वरो भाइरसको कारणले हुने भएकाले विशेष किसिमको कुनै उपचार छैन । डेंगु बिरुद्धको कुनै खोप छैन ।
तर, यसको संक्रमण भइसकेपछि लक्षण हेरेर सोही अनुसार उपचार गरिन्छ । सुरुमा त ज्वरो घटाउनुपर्छ ।यसका लागि सिटामोल दिन सकिन्छ । पर्याप्त मात्रामा झोल पदार्थ दिन सकिन्छ । यद्यपि घरमै राखेर उपचार गर्नु उचित हुँदैन । तुरुन्तै चिकित्सककहा पुर्रुयाउनुपर्छ ।
–लेखक शहरी स्वास्थ्य क्लिनिक शान्तिनगरमा कार्यरत छिन्
(साभारःअनलाईन खबर डटकम)