दुर्घटनामा पैदलयात्री कुश्वारको मृत्यु

सर्लाही,२९ भदौ ।
बागमती नगरपालिका सोल्टीबजार मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक व्यक्तिको मृत्यु भएको छ ।
शनिबार मध्य राति सोल्टी बजारमा नाच हेर्न आउदै गरेका बागमती–४ जिरायत माझीटोलका स्थानीय ५० वर्षीय इन्द्रबहादुर कुश्वारलाई बा ३१ प ६८०२ नम्बरको मोटरसाइकलले ठक्कर दि“दा घाइते भएका थिए । घाइते कुश्वारको बरहथवास्थित संजीवनी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg