चन्द्रपुर,२९ भदौ ।
चन्द्रपुर नगरपालिकाले बिबिध कार्यक्रमका साथ संबिधान दिबस मनाउने भएको छ । आउदो असोज २, ३ र ४ गते बिभिन्न कार्यक्रम गरी संबिधान दिबस मनाउन लागेको हो । आईतबार भएको छलफलमा चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरी सहितका जनप्रतिनिधि, बिद्यालयका प्राध्यानाध्यापक, सुरक्षानिकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, संचारकर्मी, बैकका प्रबन्धक सहित भएको असोज २ गते चन्द्रनिगाहपुरको मुख्य चौकमा सरसफाई गर्ने, सोही दिन बिद्यालयहरुले आफनो समयअनुसार रचनात्मक कार्यक्रम गर्ने, यसैगरी ३ गते नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, नागरिक समाज, सुरक्षा निकाय, बैक कर्मचारी र १० कक्षा वा सो भन्दा माथि बिद्यालयमा अध्यनरत बिद्यार्थी सम्मिलित प्रभात फेरी गर्ने र दिउसो ३ बजे साहित्य र सास्कृतीक कार्यक्रम गर्ने यस्तै ४ गते नगरपालिकाका जनप्रतिनिधि र बितिय संस्था सहित अन्य संस्थाका प्रतिनिधि बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता गर्ने कार्यक्रम तय गरिएको छ ।
तीनै दिन साझ दिपाबली गरेर संबिधान दिबस मनाउने निर्णय गरिएको चन्द्रपुर नगरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख मिश्रीलाल साहले बताए ।
तेस्तै जिल्लाको कटहरिया नगरपालिकाले पनि असोज ३ गते भव्याताका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । नगर प्रमुख शियाराम कुश्वाहाको अध्यक्षतामा नगर कार्यपालिका समितिको बसेको बैठकले संविधान जारी भएको दिन असोज ३ गतेका दिन विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मेयर कुश्वाहाले बताएका छन । बैठकले असोज २ गते खेलकुद प्रतियोगिता, असोज ३ गते रास्ट्रिय झण्डा फेर्ने र पुरस्कार वितरण गर्ने, कटहरिया नगरपालिका अन्तर्गत पर्ने प्राथमिक स्वास्थ्य केन्द्रमा ईमरजेन्सी कक्षको उदघाटन गर्ने, ३ गते मैनबती बाल्ने निर्णय गरेको नगर प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताए ।