चन्द्रपुर,२९ भदौ ।
सकंल्प बचत तथा ऋण सहकारी संस्था लि. को ११ औ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि संकल्प साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । सकंल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विभु कुमार पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, विशिष्ट अतिथिहरुमा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष खड्ग बहादुर बम्जन, कृषि संघ रौतहटका अध्यक्ष जगरनाथ पाल र जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारी रहेका थिए ।
कार्यक्रमको अतिथिहरु चन्द्रपुर नगरपालिकामा रहेको राष्टिूय सहकारी बंैक शाखा कार्यालयका शाखा प्रमुख रोशन कार्की, नव विकास साकोस का अध्यक्ष देव बहादुर सापकोटा, स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र रानामगर, विन्दवासिनी साकोसका उपाध्यक्ष गोविन्द प्रसाद कोइराला, एकिकृत साकोसका अध्यक्ष दिपक प्रसाद रेग्मी, हातेमालो साकोसका अध्यक्ष दिपक घिमिरे, यातायात मजदुर साकोसका अध्यक्ष हरि प्र. प्रसाई, गुञ्जन सुचना तथा संचार सहकारी संस्था ली.का स्टेशान म्यानेजर संञ्जय कार्की, बागमती साकोसका सचिव रम बाबु चौधरी, सफल साकोसका अध्यक्ष देवकी नेपाल, साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष धुव्र कोईराला, चन्द्रोदय साकोसका अध्यक्ष प्रकाश गहतराज, युवा स्वरोजगार कृषि सहकारी संस्था लि. का अध्यक्ष खड्ग प्रसाद पौडेल, श्री कृष्ण महिला कृषि सहकारी संस्था लि.का अध्यक्ष अम्बिका अधिकारी, मुलघर कृषि सहकारी संस्था लि.का अध्यक्ष महेन्द्र प्रसाद चौलागाई, चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख चन्द्रकला बराल लगाएतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा संस्थाले विभिन्न विधामा रहेर सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको जस अन्तरगत उत्प्रेरक पुरस्कारमा माधव प्रसाद गौतम, उत्कृष्ट साकोस पुरस्कारमा शम्भु प्रसाद तिमल्सिना, उत्कृष्ट सेवा पुरस्कारमा इन्दिरा देवी ढकाल, असल सहकारी अभियान्ता पुरस्कारमा लक्ष्मी प्रसाद कोईराला, साकोस समाज सेवा पुरस्कारमा सञ्जय कार्की, असल सहकारी कारोबार सदस्यमा महिला तर्फ इन्दिरा खरेल र पुरुष तर्फ नरकुमार आचार्य, उत्कृष्ट सदस्यमा महिला तर्फ बविता कुमारी चौधरी र पुरुष तर्फ अर्जुन महत, ज्येष्ठ शेयर सदस्यमा महिला तर्फ सिता देवी र पुरुष तर्फ डिल्ली प्रसाद काफ्ले, ज्येष्ठ सदस्य (७५ वर्ष भन्दा माथी) का ३० जना सदस्यहरुलाई संकल्प विशेष सम्मान स्वरुप सम्मानित गरिएको थियो ।
सो कार्यक्रममा १९०० भन्दा बढि सदस्यहरुको उल्लेखनिय उपस्थित रहेको र उक्त कार्यक्रम संकल्प साकोसका सहसचिव चिरन्जीवी गौतमद्धारा संचालन गरिएको र विभु कुमार पोखरेल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।