एकै खेलमा कोहलीले तोडे रोहितका दुई किर्तिमान

एजेन्सीबुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए ।

खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

योसँगै कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शर्मालाई उछिनेका छन् ।

खेलको शुरुवातमा कोहलीले ६५ इनिङमा २,३६९ रन बनाएका थिए भने कोहलीले ८८ इनिङमा २,४२२ रन बनाएका थिए ।

बुधबारको खेलमा शर्मा मात्र १२ रन बनाएर आउट भए भने कोहली नटआउट रहँदै रोहितलाई ७ रनले उछिने ।

६६ इनिङपछि कोहलीको अब २,४४१ रन भएको छ भने ८९ इनिङबाट रोहितको २४३४ रन रहेको छ ।

कोहलीले खेलमा आफ्नो २२ औँ अर्धशतक पनि पुरा गरे । योसँगै उनले शर्माले बनाएको २१ औँ अर्धशतकको किर्तिमान भंग गरे ।

बुधबार कोहलीले मात्र ५२ बलमा चार चौका र तीन छक्का हिर्काएका थिए । योसँगै कोहली क्रिकेटका तीनवटै फर्म्याटमा ५० भन्दा बढी औसत भएको एक्ला खेलाडी बनेका छन् । कोहलीको टेस्टमा ५३।१४, एकदिवसीयमा ६०।३१ र टी–२० मा ५०।८५ को औसत रहेको छ ।

गत वर्ष पनि उनको तीनवटै फर्म्याटमा ५०भन्दा बढीको औसत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles