सडक मर्मत नहुदा कठिनाई

कटहरीया,०२ असोज ।
रौतहटको चर्चित बजार कटहरिया अन्तरगत दोस्रो र तेस्रो सडक मर्मत तथा सफाई नहुदा आवत जावतमा कठिनाई भईरहेको छ ।
कटहरिया बजारको एकमात्र मुलसडक हाट बजारको दिन ब्यस्त रहने गरेको अवस्थामा दोस्रो, तेस्रो सडक मर्मत र सफाई नहुदा सवारी साधनलाई आउन जान कठिनाई हुने गरेको हो । प्रत्येक आईतबार र बुधबार कटहरियामा हाट बजार लागेको दिन हजारौं मानिस पैदल तथा साईकल मोटरसाईकलमा आउने जाने गर्दछन् । सो समय साना तथा ठुला सवारी साधन बजार क्षेत्रमा प्रवेश गर्दा पैदलयात्रु लाई समेत हिड्न समस्या हुने गरेको ब्यापारी पारस साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles