उत्कृष्ट विज्ञान पत्रकारिता पुरस्कार अधिकारीलाई

अस्मिता केसी–नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सातौँ राष्ट्रिय विज्ञान दिवस २०७६ का अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ठ योगदान पुर्याउने एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारी पुरस्कृत भएकी छिन्ल । अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशिको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका छन् ।
त्यसैगरि साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान सम्पादक गोपाल भण्डारीलाई पनि सम्मान स्वरुप रु. १५ हजार राशिको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे ।
पुरस्कृत हुनु भएकी पत्रकार सन्तोषी अधिकारीले विगत १४ वर्षदेखि पत्रकारिता शुरु गरेकी हुन् । शुरुवाती दिनमा देशान्तर साप्ताहिक, नुवाकोट एफएम, नेपालवाणी रडियो नेटवर्क, इमेज एफ एम, इमेज न्युज एफमा समाचारवाचिका साथै कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिइन् । उनले एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुदै हाल एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आएकी छिन् । हाल उनले एबीसी टेलिभिजनमा समाचार वाचनका साथै स्वास्थ्य विज्ञानसंग सम्बन्धित कार्यक्रम आवर हेल्थ सञ्चालन गर्दै आएकी छन् ।
उनका विज्ञानस“ग विभिन्न अनुसन्धानमुलक लेख र रचनाहरु प्रकाशित भएका छन् ।
अर्का पुरस्कृत हुने गोपाल भण्डारीले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह–सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२ देखि सन् २०१४ सम्म सह–सम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा सन् २०१४ देखि हालसम्म प्रधान–सम्पादकको रुपमा रहेर काम गर्नु भएको छ ।
एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा बैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न बिज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरुमा लगभग १०० वटा जति बिज्ञान सम्वन्धि लेखहरु र विभिन्न अनलाइनहरुमा लगभग १,००० जति बिज्ञान र अन्य बिषयहरुका लेखहरु प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles