भुक्तानी नपाएकोले खाजा खुवाउन समस्या

बिजयपुर,०३ असोज ।
रौतहटको एउटा नगरपालिकाले समयमा भुक्तानी न दिएको कारण जिल्लामा एक बिद्यालयको बिद्यार्थीलाई खाजा खुवाउन कठिनाई भईरहेको छ ।
जिल्लाको पश्चिमी भेग फतुआ बिजयपुर नगरपालिकाले समयमा रकम उपलब्ध नगाएको कारण बिद्यार्थीलाई खाजा खुवाउन उच्च माबी बिजयपुर लाई कठिानाई भईरहेको हो ।बिद्यालयमा बिद्यार्थी नियमित उपस्थित होस भने उदेश्यका साथ नेपाल सरकारले जिरो देखी कक्षा ५ सम्मको लागी खाजाको लागी जनही १५ रुपैया प्रतिदिनको दरले स्थानिय तह मार्फत उपलब्ध गराउने ब्यवस्था रहेको छ ।
उच्च माबी बिजयपुरमा हाल कक्षा जिरो देखी कक्षा ५ सम्म एकसय ३७ जना बिद्यार्थी अध्ययनरत रहेका छन । नेपाल सरकारले गत चैत्र देखी बिद्यालयमा खाजाको ब्यवस्था गरेदेखी दैनिक बिद्यालयका उक्त बिधार्थीहरु लाई खाजा खुवाउदै आएको प्रधानाध्यापक सुदामा यादवले बताए । एकसय ३७ जना बिधार्थीलाई दैनिक पौष्टिक युक्त खाजा महिनाको दुईपटक मासु समेत खाजा खुवाउदै आएको छुु ।तर ६ महिना बित्नलाग्दा सम्म फतुआ बिजयपुर नगरपालिकाले खाजा बापतको रकम निकासा नगरेका कारण बिद्यालयलाई खाजाको खर्च धान्न ठुलो समस्या भएको प्रधानाध्यापक सुदामा यादवले गुनासो गरेका छन् ।
नगरपालिकाकी प्रशासकिय अधिकृत रञ्जना साहले गत आर्थिक बर्षमा शिक्षकको तलब अपुग हुदा खाजाको रकम सापटी स्वरुप तलब तिर पठाईएको र नगरसभा हुनासाथ खाजाको रकम सबै बिद्यालयलाई पठाउने बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles