गौर,०३ असोज ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित संचालित सामुदायिक विद्यालयहरुको विहिवार गरिएको छड्के अनुगमनको क्रममा १० जना शिक्षक शिक्षिका अनुपस्थित फेला परेका छन ।
नगरको शिक्षाको स्तर उकास्नको निमित नगरपालिकाले सञ्चालन गरेको विद्यालय निरिक्षण अभियान अन्तर्गत नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताको नेतृत्वमा रहेका शिक्षा समितिको टोली ले गरेको छड्केका क्रममा एक जना प्रध्यानाध्यापक सहित १० जना शिक्षा विद्यालय भन्दा बाहिर फेला परेका हुन । स्थानीय जनता माध्यमिक विद्यालय औरैयाको प्रध्यानाध्यापक नरनारायण सिंह ,शिक्षक अवधेश तिवारी , कमलेश कुमार सिंह , संजय यादव , सुरेन्द्र सिंह , लालबाबू पंडित ,शिक्षिका माधुरी झा , ममता श्रीवास्तव मंगला देवी, शंकर प्राथमिक विद्यालयको अनुगमन गर्दा शिक्षक रामानन्द साह विद्यालयमा अनुपस्थित भेटिएको निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले जानकारी गराएका छन ।
विद्यालयमा अनुपस्थित फेला परेका शिक्षक शिक्षिकाहरुलाई स्पस्टीकरण सोधिएको बताउदै गुप्ताले विभागीय कार्यवाहीको प्रक्रिया अगाडी बढाइने बताए । शिक्षाको गुणस्तरीयतामा कुनै समझौता नगर्ने जनाउदै निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले नियमित विद्यालय नजाने शिक्षक शिक्षिका माथि कानूनी कार्यवाही समेत गरिने चेतावनी दिएका छन ।