चन्द्रपुर नगरपालिकाले मनायो चौथो संविधान दिवस

चन्द्रपुर,०३ असोज ।
चन्द्रपुर नगरपालिकाले बिभिन्न कार्यक्रम गरी चौथो संविधान दिवस भब्य रुपमा मनाएको छ । शुक्रबार चन्द्रपुर नगरपालिकाका नगर प्रमुख राम चन्द्र चौधरीले आफ्नै कार्यालयमा राष्ट्रिय झण्डा तोलन गरी संबिधान दिवस कार्यक्रमको उदघाटन गरेका थिए ।
हजारौंको संख्यामा निस्केको ¥यालि चन्द्रपुर नगरपालिका परिक्रमा गरी मुख्य चोकमा कोण सभा गरेका थिए । कोण सभामा बोल्दै नगर प्रमुख चौधरीले संविधानको रक्षा गर्नु र संविधान अनुरुप चल्नु नै आम नेपालीहरुको दाइत्व भएको बताएका छन् ।

जनआन्दोलन २०६३ बाट प्राप्ती संविधानको संरक्षणको भाबना अनुसार नै काम गर्न समेत सबैलाइ नगर प्रमुख चौधरीले आग्रह गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख रामरती चौधरी, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयाल, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटवाल, चन्द्रपुर नगरपालिकाका १० वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वाड सदस्यहरु, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, पत्रकार, शिक्षक, बिद्यार्थी, खेलाडी लगायत नगरबासीको सहभागिता रहेको थियो ।


संबिधान दिवसकै अबसर पारेर विहिबार नगर सरसफाइ गरिएको थियो भने शनिबार नगरपालिकाका कर्मचारी र जन प्रतिनिधिहरुबिच मैत्रीपुर्ण फुटवल प्रतियोगिता राखेको नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख मिश्रीलाल साहले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles