पूर्वसांसद साह द्धारा प्रहरीलाई साइकल हस्तान्त्रण

सर्लाही ५ असोज । पूर्वसांसद नरेन्द्र साहले प्रहरीलाई ६० थान साइकल प्रदान गरेका छन् । उनले संविधान दिवसको अवसरमा शुक्रवार सर्लाहीको बरहथवा–११ हिरापुरस्थित इलाका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईलाई साइकलको साचो हस्तान्तरण गरेका हुन् ।

साहले समाजमा अमनचैन कायम होस भन्ने उद्देश्यले आफुले प्रहरीलाई साइकल प्रदान गरेको बताए । सर्लाहीका धेरैजसो प्रहरी कार्यालयमा सवारीसाधनको सुविधा छैन । भएका पनि काम नलाग्ने अवस्थामा छन्, कतै इन्धन अभावमा थन्किएका छन्, उनले भने, त्यसैले प्रहरीलाई पहरेदारी गर्न साइकल सहयोगी सिद्ध हुन सक्छ भन्ने लागेको छ । पर्याप्त स्रोेतसाधनको अभावका बावजुद पनि प्रहरीले अपराध नियन्त्रणको गतिविधि गर्दै आएको छ । तर, सवारीसाधनकै अभावमा घटना भएको ठा“उमा समयमै सेवा पुर्रुयाउन नसकेकाले त्यसलाई कम गर्न साइकल प्रदान गरेको साहको भनाइ छ ।

साहले शुक्रवार प्रदान गरेको साइकलमा आधुनिक प्रविधिजडित रहेको छ । साइकलबाट प्रहरीलाई समाजमा सुशसन कायम गर्न सहज हुने एसपी गोपालचन्द्र भट्टराईले बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg