संबिधान दिवसको अवसरमा चन्द्रनिगाहपुरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना

चन्द्रपुर ५ असोज । चौथो संविधान दिवसको अवसर पारेर रौतहटको चन्द्रपुर नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारले जनप्रतिनिधिलाई हराएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको आयोजनामा स्वर्गीय शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहितका अन्य संस्थाका प्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

खेलमा फुटबल हस्तान्तरण गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले यस्तो किसिमको खेलले एक आपसमा सद्भाव बढाउने बताए ।

खेल हारजितकै लागि हो तर यस खेलले जनप्रतिनिधि, कर्मचारी, पत्रकार, विभिन्न संघ संस्थाबीच एक आपसमा सद्भाव बढाउने काम गरेको नगर प्रमुख चौधरीले बताए । कार्यक्रममा उप प्रमुख रामरती चौधरी लगायत अधिकांश जनप्रतिनिधिको सहभागिता रहेको थियो। प्रतियोगितामा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लाई पत्रकारसहितका अन्य संस्थाका प्रतिनिधिले १०–१ गोलले पराजित गरेको थियो। संघसस्थाका तर्फबाट नेपाल कार्कीले ह्याट्रिक गरेका थिए ।

मदन तिमल्सिनाले चार गोल गरेका छन । गुञ्जन एफएमका सञ्चारकर्मी उपेन्द्र गोलेले १ गोल गरेका थिए । संविधान दिवसको अवसरमा २ गते सरसफाइ, ३ गते प्रभावफेरि तथा सडक नाटकसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles