गोली प्रहारबाट एकजना घाइते

सप्तरी ७ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अज्ञात समूहले एक जनालाई गोली प्रहार गरेको छ ।

वडा नम्बर ७ ब्रहमपुरका २४ वर्षीय भगवती मण्डलमाथि गएराति भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर घाइते बनाएको सप्तरी प्रहरीले जनाएको छ। उनको बायाँ हातको पाखुरामा गोली लागेको छ ।

पाखुराबाट अत्यधिक रगत बगेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको अस्पतालका अहेव सन्तोष मेहताले बताए ।

राजविराजबाट स.११ प १३६६ नम्बरको मोटरसाइकलमा घर गइरहेका मण्डलमाथि डाक्नेश्वरी नगरपालिका– ८ विषहरिया टोलस्थित कोशी पम्प नहरनजिक अज्ञात समूहले गोली प्रहार गरी फरार भएको घाइते मण्डलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles