कटुवा पेस्तोल खरिद-बिक्री गरेको आरोपमा चारजना पक्राउ

धनुषा ७ असोज । कटुवा पेस्तोल खरिद-बिक्री गरेको आरोपमा चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका ६ का अविनाश मण्डलको घरबाट कटुवा पेस्तोल प्रहरीले असोज ३ गते बरामद गरेको थियो । घरबाट पेस्तोल बरामद भएपछि मण्डललाई समेत प्रहरीले पक्राउ गरेको थियो। पछि अनुसन्धानको क्रममा मण्डल हतियार खरिद बिक्री गरिरहेको र सो कार्यमा संलग्नताको आशंकामा अन्य तीनजनालाई समेत पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले हतियार खरिद बिक्रीमा संलग्न रहेको आशंकामा विदेह नगरपालिका ६ का २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, १९ वर्षीय सोबिन मण्डल र सिरहाको औरही गाउँपालिका घर भई हाल धनुषाको विदेह नगरपालिका ६ मा बस्दै आएका ३५ वर्षीय मिश्री लाल मण्डललाई पनि पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका चारैजनामाथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको उनले बताए। स्रोतका अनुसार उनीहरू भारतबाट पेस्तोल खरिद गरी नेपाल ल्याएर खरिद बिक्री गर्ने कार्य गर्दै आएका थिए । उनीहरूको अपराधिक घटना पनि संलग्नता रहेको आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles