डोमजातीका वालवालिकाहरुले पाएनन् पोषण भत्ता

रौतहट ७ असोज । रौतहटमा बसोवासगर्ने डोमजातीका अधिकाश वालवालिकाहरुले मासिकरुपमा बितरणहुदै आएको वाल पोषण भत्ता पाउन सकेका छैनन ।

पांचबर्ष मुनीका रौतहटका करीव दुइसयजना डोमजातीका वालवालिकाहरुले पोषण भत्ता पाउन नसकेको डोमजातीका अगुवाहरु बताउछन । रौतहटको बृन्दाबन नपा ७ को धमौराटोलमा ७ घर डोमजातीको सडक किनारमा बसोवास रहेको छ । उनीहरुको धेरै जसो छोराछोरीले वाल पोषण भत्ता पाएका छैनन ।

नागरीकता भएकाहरुको पनि २० बर्ष भन्दाकम उमेरमा बिवाह भएकाले भदौ १ देखी लागु भएको कानुनले गर्दा विवाहदर्ता बन्न सकेको छैन । र ेनीहरु बाट जन्मेको सन्तानको जन्मदर्ता छैन ।सो समुदायमा २० बर्ष भन्दा कम उमेरमै बच्चा जन्माएका आमाबाबुहरुको सख्या धेरै छ ।

विवाह गर्ने उमेर २० बर्षपुरा भएको हुनुपर्ने कानुन आएको कारण धेरै त्यस्ता व्यक्तिहरुको विवाह दर्ताहुन नसेकेको र छोराछोरीको पनि जन्मदर्ता बनाउन कानुनी जटिलता रहेको जनप्रतिनिधीहरुको भनाइ छ ।अधिकाश डोमजातीका मानिसको एउटै गुनासो छ गरीवको बोल्दिने कोही छैन । चुनावका बेला नेताहरुले डोमबस्तिमा आएर धेरै आश्वासन दिएपनि पछि कोही नआएको उनीहरु गुनासो गर्छन ।

जिल्लाको धमौराटोल मात्रै नभइ गौर,मोलापुर,महम्दपुर,मिठुअवा, मर्यादपुर,सरमुजुवा,मलोहीया पथरा,खेसरैया लगाएतको टोलमा बस्दै आएका डामजातीका वालवालवालिकाहरुले सरकारले दिदै आएको वाल पोषण भत्ता नपाएको भेटीएको छ । आमाबाबुको नागरीकता नहुनु , पोषण भत्ता पाइन्छ भन्ने जानकारी समेत नहुनुले डोम समुदायका वालवालिकाहरु मासिक रुपमा पाइने भत्ता बाट बन्चित छन ।

वालविवाहका कारण किशोर अवस्थामा नै सन्तान जन्माएका आमाबाबुको नागरीकता भएपनि २० बर्ष उमेर नपुगेकाले उनीहरुको विवाह दर्ता समेत बन्ने गरेको छैन । विवाह दर्ता नभइ छोराछोरीको जन्मदर्ता नबन्ने हुदा भत्ता पाउन बाट वालवालिका बन्चित भएका हुन । डोम समुदायमा वालविवाहका कारण १५ बर्षको उमेर देखी नै सन्तान जन्मने गरेको छ ।

तराइ मधेशमा अति गरीवीको चपेटामा जीवन निर्वाह गर्दै आएका डोमजातीले सरकारी सेवा सुविधा मुस्किलले पाउदै आएका छन ।

शिक्षाको कमी, नागरीकता नहुनु, वालविवाहका कारण विवाह दर्ता नबन्नु र छोराछोरीको जन्मदर्ता नहुनुले डोमजातीका वालवालिका भत्ताबाट बन्चित हुदै आएको डोम समुदाय विकाश केन्द्र रौतहटका पुर्व अध्यक्ष बिजय मली डोमको भनाइ छ ।

केन्द्रका अनुसार डोमजातीका करीव ३० प्रतिशत वालवालिकाले षोषण भत्ता पाएको अनुमन छ ।
जिल्लामा करीव १२ सय डोमजातीको बसोवास रहेको केन्द्र संग तथ्याक छ । जिल्लामा बसोवास गर्ने ९५ प्रतिशत भन्दा बढी डोमजाती सुकुम्बासी छन । उनीहरुको धेरै पुस्ताले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन ।

डोमजातीको २ देखी १५ घरपरिवारको बस्ति जिल्लाको बिभिन्न स्थानियतहहरुमा रहेको छ ।
रौतहटको १६ नगर तथा २ गाउपालिका दर्जनौ वडाहरु शत प्रतिशत जन्मदर्ता भएको घोषणा भैसकेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg