अबैध लागुऔषध सहित एक जना पक्राउ

रौतहट ९ असोज । रौतहट प्रहरीले अबैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो जिल्लाको गौर न.पा. वडा नं. १ स्थित मेनचौकबाट शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल हिडी आउँदै गरेका गरुडा न.पा. वडा नं. ०९ विर्ता गमरिया बस्ने वर्ष २४ को किशोर सहनीलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका सहनीले भिरेको हाते व्यागबाट लागु औषध डाईजेल्याब एम्पुल थान-५०, फेनार्गन एम्पुल ५० थान, नोफिन एम्पुल थान ५०, नाईट्राभेट १० लेखिएको ९५ पत्तामा २८५० पिस, डाईल्याक्स–२ बोतल समेत फेला परेकोमा उक्त लागू औषध रित पूर्वक बरामद गरी निज किशोर सहनीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles